

-
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई आग्रह गरेका छन् ।
आज मङ्गलवार अनेरास्ववियु केन्द्रिय कमिटी शैक्षिक विभागले आयोजना गरेको राष्ट्रको समृद्धिका लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तरक्रियामा बोल्दै एमाले सचिव भट्टराईले यस्तो आग्रह गरका हुन् । उनले तत्कालीन नेकपाका नेताहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताए । विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षका रूपमा छोडिदिएर बिर्सिनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘अब फेरि हामी एक ठाउँमै आउनुपर्छ । त्यसको विकल्प छैन । कसले के गर्यो भन्ने कुरा बिर्सिनुपर्छ । कसले के गर्यो भने धेरै पछाडि नफर्किऔँ । जब कसले के गर्यो भन्ने कुरामा हामी जान्छौँ, एकले अर्कालाई चिर्थोछौँ र घाइते बनाउँछौँ भने काम हुँदैन । अगाडि कसरी जाने, त्यो सोचौँ । माओवादी साथीहरू र समाजवादी फर्किनुपर्यो । ’
सचिव भट्टराईले देशमा राष्ट्रिय सामर्थ्य भएको शक्ति चाहिएको बताए। उनले कम्युनिस्ट तथा वामपन्थी आन्दोलनले मात्रै राष्ट्रिय सामथ्र्य हुने भन्दै यो शक्तिले मात्रै विदेशी शक्ति राष्ट्रहरूसँग आँखा जुधाएर बोल्न सक्ने बताए। देशमा राष्ट्रिय शक्ति नभएमा साम्राज्यवादीहरूले सबै प्रणाली खाइदिने उनको भनाइ छ ।
उनले नेपाली कांग्रेस नेतृत्वको सरकारले शिक्षाको क्षेत्रमा नयाँ नीति ल्याउन नसक्ने दाबी गरे । प्रधानमन्त्री शेरबहादुर देउवामा कुनै नीति नभएको उनको टिप्पणी थियो ।
News Desk 0 response मङ्लबार, साउन ३, २०७९

सम्बन्धित शीर्षकहरु
-
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३
-
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३



