• काठमाडौं : काठमाडौंको नागार्जुन नगरपालिका–८ भीमढुङ्गा स्थित हर्साखोलामा चितुवाको आक्रमणमा परि एकै घरका पाँच जना घाइते भएका छन् ।

    गएराती एक बजे हर्सनखोला बस्ने ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसि चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।