• काठमाडौं : हिमालयन बैंकले सिभिल बैंकलाई एक्वायर गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । दुवै बैंकबीच आज (असार २९ गते) एक आपसमा गाभ्ने गाभीनेमा सम्झौता भएको हो ।

    सम्झौतामा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन् । प्रारम्भिक सहमति अनुसार दुवै बैंक एक भएपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । हिमालयनले सिभिललाई १००ः०.८१ अनुपातमा एक्वायर गर्न लागेको हो ।