

-
काठमाडौं : नेपाल दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोली क्यानडासँग ८३ रनले पराजित भएको छ । योसँगै दुई खेलको एक दिवसीय श्रृङ्खला क्यानडाले जितेको छ । पहिलो खेल वर्षाका कारण प्रभावित भएको थियो ।
जितका लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा १ सय ५ रनमा अलआउट भयो । नेपालका देव खनालले सर्वाधिक २६ रन बनाए । ओपनर कुशल भुर्तेल १ रन र पवन सरार्फ १४ रनमा आउट भए । बसिर अहमद, विनोद भण्डारी र आदिल अन्सारीले समान १३ रन जोडे । सन्दीप लामिछाने ११ रनमा आउट भए ।
क्यानडाका अमर खालिद, सलमान नजर, रोमेल शहजाद, साद विन जाफर र हर्ष ठकरले दुई–दुई विकेट लिए । त्यसअघि किङ्ग सिटीमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निधारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।
क्यानडाका श्रेयस मोभा र अमर खालिदले अन्तिम विकेटका लागि ७० रनको अविजित साझेदारी गरेका थिए । श्रेयस ५० रन र खालिद ३० रनमा अविजित रहे । क्यानडाका ओपनर आरोन जोनसनले ४४ रन जोडे।
नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २ तथा बसिर अहमद, आदिल अन्सारी र करण केसीले एकरएक विकेट लिए । नेपालले यसअघि क्यानडामा स्थानीय क्लब ओन्टारियोसँग भएको दुई वटा अभ्यास खेलमा ओन्टारियोलाई हराएको थियो ।
क्यानडाबाट नेपाल स्कटल्यान्ड जानेछ । स्कटल्यान्डमा त्रिदेशीय एक दिवसीय श्रृङ्खला हुनेछ । विश्व कप क्रिकेट लिग–२ मा नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र एक बराबरीकासाथ १५ अङ्कसहित पाँचौँ स्थानमा छ ।
News Desk 0 response बिहिबार, असार २३, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


