• काठमाडौं : मिस नेपाल–२०२२ को ताज प्रियंका रानी जोशीले जितेकी छिन् ।

    आज काठमाडौंमा भएको फाइनलमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै जोशीले मिस नेपालको ताज जितेकी हुन्।

    उनलाई पूर्व मिस नेपाल नम्रता जोशीले ताज पहिर्याएकी थिइन् । मिस नेपाल सन् २०२२ को प्रतिस्पर्धाको अन्तिम राउण्डमा २४ जना सहभागी थिए ।