-
काठमाडौँ : आइसिसी विश्वकप लिग–२ मा नेपाल घरेलु टोली अमेरिकासँग पराजित भएको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेर अघि सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३९ रनले स्तब्ध भएको हो ।
अमेरिकाले नेपालसामु जितका लागि २४६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ४७ दशमलव ४ ओभरमा सवै विकेट गुमाउँदै मात्र २०६ रन बनाउन सक्यो । नेपालका लागि आरिफ शेखले ७६ बलमा तीन चौकासहित सर्वाधिक ६३ रनको योगदान दिए । यस्तै सोमपाल कामीले ७२ बलमा एक चौकाको मद्दतमा ४७ रन बनाए । छैटौं विकेटका लागि शेख र कामीबीच १०६ रनको साझेदारी भएको थियो । ओपनर कुशल भुर्तेलले १०, आसिफ शेखले १८, देव खनालले ३४ र रोहितकुमार पौडेलले १६ रन बनाए ।
बलिङतर्फ अमेरिकाका सौरभ नेत्रवालकर र अली खानले तीन/तीन तथा नोथुश केंजिगे र निसर्ग पटेलले एक एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गर्न पुगेको अमेरिकाले निर्धारित ५० ओभरको खेलमा सात विकेट गुमाउँदै २४५ रन बनाएको थियो । अमेरिकाका लागि गजानन्द सिंहले ६० बलमा ५ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५८ रन बनाए । यस्तै सुशान्त मोदानीले ८३ बलमा सात चौकासहित ५४, आरोन जोन्सले ४३, साइतेजा मुक्कामल्लाले ३६, निसर्ग पटेलले अविजित १८ र क्यामरन स्टिभन्सले अविजित १६ रन बनाए ।
बलिङतर्फ नेपालका लागि करन केसीले तीन, कप्तान सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह एैरीले एक एक विकेट लिए ।
अमेरिका भ्रमणमा रहेको नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो भने तेस्रो खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको थियो ।
आइसिसी विश्वकप लिग–२ मा नेपालले हालसम्म १६ खेल खेल्दै १५ अङ्क जोडेको छ । नेपाल लिग–२ मा पाँचौँ स्थानमा छ ।
News Desk 0 response बिहिबार, असार २, २०७९
सम्बन्धित शीर्षकहरु
हङकङलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा
सोमवार, बैशाख ३, २०८१एसीसी प्रिमियर कप : नेपालले आज मलेसियासँग खेल्दै
शुक्रबार, चैत्र ३०, २०८०आईपीएल क्रिकेटमा मुम्बईले बेंगलूरुलाई ७ विकेटले हरायो
शुक्रबार, चैत्र ३०, २०८०ओमानमा हुने एसीसी प्रिमियर कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा
मङ्लबार, चैत्र २७, २०८०-
श्रृंगारिक गजलका सर्जक प्रकट अस्ताए
मङ्लबार, बैशाख ४, २०८१ -
संघीय मन्त्री जोशीलाई भेट्न पुगे चिनियाँ राजदूत
मङ्लबार, बैशाख ४, २०८१ -
सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छः महामन्त्री..
मङ्लबार, बैशाख ४, २०८१ -
भ्रष्टाचार अभियोगमा मुद्दा दायर
मङ्लबार, बैशाख ४, २०८१ -
चैतेदसैँमा तनहुँ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो
मङ्लबार, बैशाख ४, २०८१
-
श्रृंगारिक गजलका सर्जक प्रकट अस्ताए
मङ्लबार, बैशाख ४, २०८१ -
संघीय मन्त्री जोशीलाई भेट्न पुगे चिनियाँ राजदूत
मङ्लबार, बैशाख ४, २०८१ -
सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छः महामन्त्री..
मङ्लबार, बैशाख ४, २०८१ -
भ्रष्टाचार अभियोगमा मुद्दा दायर
मङ्लबार, बैशाख ४, २०८१ -
चैतेदसैँमा तनहुँ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो
मङ्लबार, बैशाख ४, २०८१
-
एसीसी प्रिमियर कप : नेपालले आज मलेसियासँग..
शुक्रबार, चैत्र ३०, २०८० -
श्रृंगारिक गजलका सर्जक प्रकट अस्ताए
मङ्लबार, बैशाख ४, २०८१ -
कतारका अमिर शेख अप्रिल २३ मा नेपाल..
सोमवार, बैशाख ३, २०८१ -
भ्रष्टाचार अभियोगमा मुद्दा दायर
मङ्लबार, बैशाख ४, २०८१ -
पश्चिमी र स्थानीय वायुको प्रभावले आज पनि..
आइतवार, बैशाख २, २०८१