

-
विश्व बैंकले विश्वव्यापी अर्थतन्त्रको वृद्धि अनुमान २ दशमलव ९ प्रतिशतमा घटाएको छ । जुन जनवरीको प्रक्षेपणभन्दा १ दशमलव २ प्रतिशतले कम रहेको छ । रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा प्रभाव परेको हो ।
युक्रेनमा रुसको आक्रमण र रुसमाथि पश्चिमा देशको प्रतिबन्धले अन्न र तेलको मूल्य विश्वव्यापी रूपमा बढेको छ । विश्व बैंकले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स प्रतिवेदनमा दुई देशको युद्धसँगै चीनमा भएको लकडाउन, आपूर्ति–शृङ्खलामा देखिएको अवरोध र मुद्रास्फीतिको जोखिमले आर्थिक वृद्धिलाई जटिल बनाइरहेको उल्लेख छ । धेरै देशलाई यो मन्दीबाट जोगिन हम्मे हम्मे परिरहेको विश्व बैंकका अध्यक्ष डेभिड मालपासले बताएका छन् ।
प्रतिवेदनले अमेरिकी वृद्धि अनुमानलाई १ दशमलव २ अङ्कले घटाएर २ दशमलव ५ प्रतिशतमा पुर्याएको छ भने चीनको लागि पूर्वानुमान ० दशमलव ८ अङ्कले घटाएर ४ दशमलव ३ प्रतिशतमा झरेको छ । युरोप क्षेत्रको प्रक्षेपण २ दशमलव ५ प्रतिशत र जापानको १ दशमलव ७ प्रतिशतमा घटाइएको छ ।
साथै रुसको अर्थतन्त्र यस वर्ष ११ दशमलव ३ प्रतिशतले सङ्कुचित हुने अनुमान गरिएको समाचार संस्था एएफपीले जनाएको छ।
News Desk 0 response बुधबार, जेष्ठ २५, २०७९

सम्बन्धित शीर्षकहरु
इरानी विदेशमन्त्री फेरि इस्लामावादमा, इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी
सोमवार, बैशाख १४, २०८३-
बीपी राजमार्ग फेरि अवरुद्ध
बुधबार, बैशाख १६, २०८३ -
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३ -
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष..
मङ्लबार, बैशाख १५, २०८३ -
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३
-
बीपी राजमार्ग फेरि अवरुद्ध
बुधबार, बैशाख १६, २०८३ -
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३ -
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष..
मङ्लबार, बैशाख १५, २०८३ -
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३



