• काठमाण्डौ : काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । अहिलेसम्म ६१ हजार तीन सय १५ मत गन्दा शाहले ११ हजार तीन सय २९ मतको अग्रता लिएका छन् ।

    बालेनले २४ हजार तीन सय ३४ मत प्राप्त गरेका छन् । यस्तै एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले १२ हजार नौ सय ९५ मत प्राप्त गरेका छन् । गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १२ हजार ९३ मत प्राप्त गरेकी छिन् ।

    उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको फराकिलो अग्रता कायमै छ । डंगोलले अहिलेसम्म २४ हजार एक सय एक मत प्राप्त गरेकी छिन् । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले सात हजार ६ सय ७४ मत प्राप्त गरेका छन् । राप्रपाकी बिनिता मगैयाले पाँच हजार तीन सय ५२ मत प्राप्त गरेकी छिन् ।