• काठमाण्डौ : पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म तीन सय ५३ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ७० वटा नगरपालिका र दुई सय ८३ वटा गाउँपालिका गरी तीन सय ५३ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

    सार्वजनिक मत परिणामअनुसार पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म ३८ वटा नगरपालिका र एक सय २२ वटा गाउँपालिका गरी एक सय ६० वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ । यस्तै कांग्रेसले ३१ वटा नगरपालिकाको उपमेयर, एक सय २२ वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ ।

    दोस्रो स्थानमा रहेको नेकपा एमालेले २१ वटा नगरपालिका र ८२ वटा गाउँपालिका गरी १०३ वटा पालिकाको प्रमुख पद जितेको छ ।

    तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म आठ वटा नगरपालिका र ६८ वटा गाउँपालिका गरी ७६ वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ । यस्तै माओवादीले ११ वटा नगरपालिकाको उपमेयर, ६९ वटा गाउँपालिकाको उपाध्यक्ष पदमा जित निकालेको छ ।

    नेकपा एकीकृत समाजवादीले एउटा नगरपालिकाको मेयर, चार वटा गाउँपालिकामा अध्यक्ष, तीन वटा नगरपालिकाको उपमेयर र नौ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

    जनता समाजवादी पार्टीले पनि चार वटा गाउँपालिको अध्यक्ष पदमा जित निकालेको छ । नेपाल मजदुर किसान पार्टीले एउटा नगरपालिकाको मेयर र जनमोर्चाले एउटा नगरपालिकाको मयर जितेका छन् । एउटा नगरपालिकाको मेयर स्वतन्त्र उम्मेदवारले जितेका छन् ।