• काठमाडौँ : नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले अफ्रिकी राष्ट्र युगान्डाविरुद्ध पाँच खेलको टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको पहिलो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । नेपालले युगान्डालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ भने युगान्डा पनि जितबाट सिरिजको सुरुआत गर्न चाहन्छ ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा भएको उक्त सिरिज यही जेठ ७ गतेसम्म चल्नेछ ।

    नेपाल र युगान्डाबीचको दोस्रो खेल जेठ ३ गते हुनेछ भने तेस्रो खेल जेठ ५ गते हुनेछ । त्यसैगरी चौथो खेल जेठ ६ तथा अन्तिम खेल जेठ ७ गते हुनेछ ।