• हुम्ला : हुम्लाको ताजाकोट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार लालकेश जैशीले एक हजार आठ सय १० मत प्राप्त गरेर जित हासिल गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका अजमल बुढाले नौ सय ९५ मत प्राप्त गरे ।

    यस्तै उपाध्यक्षमा कांग्रेसका सुरेन्द्रबहादुर थापा विजयी भएका छन् । पाँच वटा वडामध्ये चार वटा वडामा माओवादी केन्द्र र एउटा वडामा एमालेका उम्मेदवारले वडाध्यक्ष पदमा जित हासिल गरेका छन् ।