• काठमाडौं । डोल्पाको जगदुल्लाबाट माओवादीले स्थानीय तहमा खाता खोलेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

    माओवादी केन्द्रका नारासिंह रोकायले ७७० मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हेमबहादुर महताराले ७४६ मत ल्याएका छन् ।

    उपाध्यक्षमा पनि माओवादी केन्द्रकी अमरिता बोहोरा विजयी भएकी छन् । उनले ७५९ मत ल्याइन् भने प्रतिद्वन्द्वी एमालेकी चन्द्रावतिथापाले ७४९ मत पाएकी छन् ।

    ६ वडा रहेको पालिकामा २ वटा वडामा माओवादी, ३ वटामा एमाले र एउटा वडामा कांग्रेस विजयी भएको छ ।

    वडानम्बर १मा एमालेका शेरबहादुर लामा १११ मतसहित विजयी भएका छन् मावादीका प्रकाश रोकायले ६६ मत ल्याएका छन् ।

    यस्तैगरी वडानम्बर -२ मा कांग्रेसका भानुभक्त बुढाथोकी १३० मतका साथ विजयी भएका छन् भने माओवादीका विमल बुढाथोकी ६१ मत ल्याएर दोस्रो भए ।

    वडानम्बर-३ मा एमालेका भक्तबहादुर बोहोराले १३४ मत ल्याएर विजयी हुँदा माओवादीका लालबहादुर बोहोराले १३२ मत ल्याए ।

    यस्तैगरी वडानम्बर -४ मा माओवादीका भीमप्रसाद बोहोरा २३३ मत ल्याएर विजयी भएका छन् भने कांग्रेस ४३ मतका साथ दोस्रो भयो ।

    वडानम्बर ५ मा माओवादीकै भीमबहादुर बोहोरा १५२ मत ल्याएर विजयी भएका छन् । एमालेका धनसिं बोहोरा ११७ मत ल्याएर दोस्रो भए ।

    वडानम्बर ६ मा एमालेका कालीबहादुर बुढा १५९ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् । यहाँ माओवादीका भक्तबहादुर बुढाथोकी १४४ मत ल्याएर दोस्रो भए ।