

-
कास्की : गण्डकी प्रदेशमा आगामी जेठ २२ देखि २८ गतेसम्म तय भएको नवौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा प्रदेश सरकार जुटेको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रतियोगिताको तयारी र व्यवस्थापनका सम्बन्धमा आज उच्चस्तरीय बैठकको आयोजना गरी प्रतियोगिताको हालसम्मको तयारीका बारेमा जानकारी लिँदै प्रतियोगितालाई भव्य बनाउने गरी तयारीमा जुट्न निर्देशन दिए ।
मुख्यमन्त्री पोखरेलले राष्ट्रिय खेलकुद सङ्घीय सरकारको कार्यक्रम भए पनि गण्डकीमा हुन लागेकाले प्रतियोगितालाई सफल पार्न सम्बद्ध सबै निकाय र सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए ।
उनले प्रतियोगिताका लागि बजेट केन्द्र सरकारले नै उपलब्ध गराउने भए पनि प्रदेशका तर्फबाट खेलाडी छनोटका लागि भने प्रदेशले नै बजेट व्यवस्थापन गर्ने जानकारी दिँदै भने, “राष्ट्रिय खेलकुदमा खेलाडी छनोटका लागि आवश्यक बजेटको प्रबन्ध गर्न सरकार तयार छ ।”
भौतिक पूर्वाधार, यातायात व्यवस्था तथा सहरी विकासमन्त्री कुमार खड्काले सङ्घ सरकारसँगको सहकार्यमा प्रतियोगितालाई व्यवस्थित गर्र्नुपर्नेमा जोड दिए ।
प्रदेशका प्रमुख सचिव रविलाल पन्थले प्रतियोगितामा सहभागिता जनाउने सन्दर्भमा मन्त्रिपरिषद्बाट निर्णय गरेर अगाडि बढ्ने जानकारी दिए । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले प्रदेशमा खेलाडी छनोट र खर्च प्रक्रियाका लागि आवश्यक पर्ने कार्यविधि तत्काल निर्माण गरिने जानकारी दिए।
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले प्रतियोगिता सञ्चालनका लागि हालसम्म भएको प्रगतिका बारेमा जानकारी गराए । प्रदेशस्तरमा खेलाडी छनोट र व्यवस्थापनलगायत कामका लागि रु पाँच करोड २० लाख आवश्यक पर्ने उनको भनाइ छ ।
प्रतियोगितामा ३६ खेल समावेश हुनेछन् । पोखरामा हुने भएकाले प्रतियोगितामा नसमेटिने गरी छेलो र क्यानोनिङसमेत समावेश गर्न लागिएको सदस्यसचिव गुरुङले बताए ।
गण्डकी प्रदेशमा ३९ वर्षपछि हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितामा सात हजार खेलाडी, दुई हजार व्यवस्थापक र एक हजार रेफ्री गरी कम्तीमा १० हजार जना प्रत्यक्ष संलग्न हुने जनाइएको छ ।
News Desk 0 response बुधबार, बैशाख २१, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


