• काठमाण्डौ : जिम्बाब्वे ‘ए’ सँगको पहिलो टी–२० अभ्यास खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । नेपालले दिएको एक सय ८२ रनको लक्ष्य जिम्बाब्वेले चार विकेट गुमाएर १८ ओभर ५ बलमा भेटायो । जिम्बाब्वेका लागि तादिवान्से मरूमनीले ५६, टोनी मुनयोङ्गाले ५० र इनोसेन्ट कायाले ४७ रन बनाए । बलिङतर्फ नेपालका बसिर अहमदले दुई विकेट लिए ।

    यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनायो ।

    नेपालका लागि मोहम्मद अदिल आलमले नटआउट ४७ रन बनाए । यस्तै कुशल भुर्तेल ४६, रोहित पौडेल ३६ र दीपेन्द्रसिंह ऐरी २८ रनमा आउट भए । बलिङतर्फ जिम्बाब्वे का ब्राड इभान्स, लुकी जोङ्गे, ब्रान्डन मभुता र जोन मसराले एकरएक विकेट लिए ।

    नेपाल र जिम्बाब्वे ए ले तीन खेलको टी–२० क्रिकेट र तीन खेलको एकदिवसीय क्रिकेट खेल्ने तालिका छ ।