

-
तनहुँ : तनहुँ जिल्ला फुटबल सङ्घको अध्यक्षमा सत्यभक्त पालिखे निर्वाचित भएका छन् । पालिखे छ मत ल्याएर अध्यक्षमा निर्वाचित बनेका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी सोम थापा मगरले चार मत पाएका थिए। अध्यक्ष पदका लागि सर्वसम्मत हुन नसकेपछि मतदानको प्रक्रियाबाट छिनोफानो गरिएको हो । २५औँ वर्षसम्म एउटै व्यक्तिले नेतृत्व गर्दै आएको उक्त संस्थामा आजदेखि नयाँ नेतृत्वले नेतृत्व सम्हालेका हुन् ।
अन्य पदमा भने सर्वसम्मत भएको निर्वाचन समितिका संयोजक यज्ञबहादुर रानाले बताए । समितिको उपाध्यक्षमा हरि तिमिल्सिना, दिनेश केसी र भिजन श्रेष्ठ तथा महिला सदस्यमा सविता भट्टराई निर्विरोध निर्वाचित बनेका छन्।
समितिका सदस्यमा नलबहादुर दरै, विजय गुरुङ, चन्द्रबहादुर आले, सुरज थापा मगर, जयप्रकाश केसी, किशोर पन्त, प्रमोद वाग्ले, इन्द्र गुरुङ, ज्योति श्रेष्ठ, कुमार श्रेष्ठ चयन भएको निर्वाचन समितिका सदस्य चन्द्रकान्त वाग्लेले बताए ।
नवनिर्वाचित अध्यक्ष पालिखेलाई निवर्तमान अध्यक्ष रत्नकुमार श्रेष्ठले माइन्युट हस्तान्तरण गरेका थिए। नवनिर्वाचित समितिका पदाधिकारीलाई खादा र माला लगाई सफल कार्यकालको शुभकामना दिइएको थियो । निवर्तमान अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकाल २५औँ वर्षसम्म रहेको भन्दै केक काटेर एन्फाका पदाधिकारीलाई आगामी कार्यकालका लागि अगाडि बढ्न शुभकामना दिएका हुन् ।
यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) तनहुँको अधिवेशन नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेविसङ्घका पूर्वमहामन्त्री आनन्दराज त्रिपाठीले उद्घाटन गरेका थिए । उनले नेपालका कुना कन्दरामा पनि फुटबलका राम्रा खेलाडी रहे पनि राज्यले पहिचान गर्न नसकेको बताए ।
News Desk 0 response मङ्लबार, बैशाख ६, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


