

राष्ट्र बैंक भन्छ- मुलुकका आर्थिक सूचक नकारात्मक दिशामा
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा महंगी ६ दशमलव ५ प्रतिशतको सिमामा राख्ने लक्ष्य लिएको थियो । तर फागुनमा यो लक्ष्य सिमा बाहिर गएर ७ दशमलव १४ प्रतिशत पुगेको छ ।
-
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले महंगी सिमा बाहिर गएको देखाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा महंगी ६ दशमलव ५ प्रतिशतको सिमामा राख्ने लक्ष्य लिएको थियो । तर फागुनमा यो लक्ष्य सिमा बाहिर गएर ७ दशमलव १४ प्रतिशत पुगेको छ । विशेषगरी घ्यू तथा तेलको मूल्य २६ दशमलव ३४ प्रतिशत र तरकारीको मूल्य १३ दशमलव ९६ प्रतिशतले बढेको देखाएको छ । मुलुकका आर्थिक सूचक झनै नकारात्मक दिशामा गएका छन् । बाहृय परिसूचक मध्ये सोधनान्तर घाटा झनै बढेको छ । यसले विदेशी मुद्रा सञ्चिती खस्काउँदै लगेको देखिन्छ । आन्तरिक परिसूचकमध्ये बढ्दो महंगी र पुँजीगत खर्चमा हुन नसकेको सुधारले मुलुक झनै संकटोन्मुख दिशामा गएको देखिन्छ ।
त्यस्तै मुलुकमा भित्रने र बाहिरिने रकमको अन्तर अर्थात् सोधनान्तर स्थिति फागुनमा मात्रै ११ अर्बले बढेर २ खर्ब ५८ अर्ब पुगेको छ । भित्रिने रकमको तुलनामा बाहिरिने रकम बढि भएसँगै गत असारमा १३ खर्ब ९९ अर्ब रहेको विदेशी विनिमय सञ्चिति माघमा ११ खर्ब ७३ अर्ब रहेकामा फागुनमा ११ खर्ब ७१ अर्बमा झरेको छ । विदेशमा जाने कामदारको संख्या बढिरहँदा रेमिट्यान्समा भने कमी आउन रोकिएको छैन । त्यस्तै विदेश पढ्न तथा घुम्न जानेबाट गत माघमा ३६ अर्ब ३० करोड बाहिरिएकामा एकै महिनामा यस्तो खर्च १० अर्ब ५५ करोडले बढेर ४६ अर्ब ८५ करोड पुगेको छ ।
News Desk 0 response बुधबार, चैत्र ३०, २०७८

सम्बन्धित शीर्षकहरु
-
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३ -
आज विभिन्न जिल्लामा हावाहुरी चल्ने सम्भावना, सकेसम्म..
बुधबार, बैशाख १६, २०८३ -
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज ओमानसँग..
बुधबार, बैशाख १६, २०८३ -
तेल उत्पादक देशहरूको सङ्गठन ओपेकबाट बाहिरिने युएईको..
बुधबार, बैशाख १६, २०८३
-
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३ -
आज विभिन्न जिल्लामा हावाहुरी चल्ने सम्भावना, सकेसम्म..
बुधबार, बैशाख १६, २०८३ -
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज ओमानसँग..
बुधबार, बैशाख १६, २०८३ -
तेल उत्पादक देशहरूको सङ्गठन ओपेकबाट बाहिरिने युएईको..
बुधबार, बैशाख १६, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
सोमवार, बैशाख ७, २०८३ -
अब ग्यास आधा सिलिन्डर होइन, पुरै …
बुधबार, बैशाख ९, २०८३



