• काठमाण्डौ : एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज उज्बेकिस्तानसँग खेल्दैछ ।

    किर्गिस्तानमा हुने खेल बिहान पौने एघार बजे सुरु हुनेछ । उज्बेकिस्तानसँग सन् २०१७ मा नेपाल १४–१ र सन् २०१९ मा ४–१ ले पराजित भएको थियो ।

    छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेलमा भोलि ताजकिस्तानसँग र अन्तिम खेलमा पर्सि अफगानिस्तानसँग खेल्ने तालिका छ ।