

-
काठमाण्डौ : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । यही वैशाख ३० गते हुने पालिकाको चुनावका लागि आचारसंहिता लागू हुनुअघि कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री प्रदेश सरकारमा सहभागी हुने भएका हुन् । आचारसहिंता आज शुक्रवार राति १२ बजेदेखि लागू हुँदैछ ।
कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला र गोविन्द बोहोरा सामाजिक विकास मन्त्री हुने तयारी छ । टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बन्ने भएका छन् ।
कांग्रेसका मन्त्रीहरूका लागि एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री सरकारबाट हट्नेछन् । अहिले सरकारमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीबाहेक अरू मन्त्री फेरिने एकीकृत समाजवादीले जनाएको छ । आन्तरिक मामिला मन्त्री पूर्णा जोशी, समाजिक विकास मन्त्री लालबहादुर खड्का र राज्मन्त्री मनाकुमारी साउद पनि फिर्ता हुनुहुनेछ ।
एकीकृत समाजवादीले आर्थिक मामिला मन्त्री तारा लामालाई फिर्ता बोलाएको छ । उनको ठाउँमा समाजवादीकै प्रकाश रावल जानुहुनेछ । राज्यमन्त्री जुनकुमारी चौधरीको ठाउँमा पनि नयाँ राज्यमन्त्री पठाइने भएको छ । समाजवादीका सुदूरपश्चिममा चार मन्त्री र तीन राज्य मन्त्री छन् ।
News Desk 0 response शुक्रबार, चैत्र २५, २०७८

सम्बन्धित शीर्षकहरु
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष सेवा विधेयक पारित
सोमवार, साउन २५, २०८३-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



