

-
काठमाण्डौ : नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा आज बिहीवार भएको खेलमा पपुवा न्युगिनी ९पीएनजी० लाई ३७ रनले हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा पुगेको छ ।
नेपालले दिएको दुई सय चार रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर चार बलमा एक सय ६६ रनमा आलआउट भयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय तीन रन बनायो ।
यस्तै आजको खेलमा करण केसीले कीर्तिमान बनाएका छन् । उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो नेपाली खेलाडी बनेका छन् । २० औँ ओभरमा बलिङ गर्न आएका करणले ओभरको दोस्रो, तेस्रो र चौथौ बलमा लगातार विकेट लिएर ह्याट्रिक पूरा गरेका हुन् ।
लगातार तेस्रो जितसँगै नेपाल एक खेलअघि नै फाइनलमा पुगेको हो । नेपालले यसअघि पहिलो खेलमा पीएनजीलाई नै र दोस्रो खेलमा मलेसियालाई हराएको थियो । अब नेपालले पर्सि शनिवार मलेसियासँग खेल्नेछ । फाइनल खेल भने आउँदो सोमवार हुनेछ ।
News Desk 0 response बिहिबार, चैत्र १७, २०७८

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


