

-
काठमाडौँ : त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई जीतका लागि २०४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रनको योगफल बनायो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ६६ रनको योगदान दिए । ३३ बल खेलेका उनले तीन चौका र चार छक्काको मद्दतमा ६६ रन बनाएका हुन् । यसैगरी रोहित पौडेलले ४१, आशिफ शेखले ३८, मोहमद आदिलले ३१, कुशल भुर्तेलले १७ आरिफ शेखले २ तथा करण केसीले १ रन जोडे ।
बलिङमा पपुवा न्यूगिनीका काबुआ मोरेआले तीन विकेट लिए भने राइली हेकुरेले दुई विकेट झारे । त्यस्तै नोर्मान आनुअ र नोसैना पोकनाले समान एक÷एक विकेट लिए ।
उक्त सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले हराएको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल २ खेलमा लगातार जीतसहित ४ अङ्क जोडेर अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ ।
समान दुई खेल खेलेको पपुवा न्युगिनी दुवै खेलमा पराजित हुँदै अङ्कविहीन रहेको छ । त्यस्तै मलेसिया २ खेलमा एक जीतसहित २ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ । पपुवा न्युगिनी अन्तिम स्थानमा छ ।
News Desk 0 response बिहिबार, चैत्र १७, २०७८

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


