

-
काठमाण्डौ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको चुनावमा आफ्नो पार्टीले कुनै पनि खालको गठबन्धन नबनाउने बताएका छन् ।
बिहीवार पार्टी केन्द्रीय कमिटी बैठक सम्पन्न भएलगत्तै उनले एमालेलाई चुनावमा अरूको वैशाखीको आवश्यक नभएको बताएका हुन्। उनले भने, ‘हामीले प्रष्टैसँग भनेका छौँ– हामी चुनावलाई ध्यानमा राखेर कुनै गठबन्धन बनाउँदैनौँ । हामी हाम्रो खुट्टामाथि विश्वास गर्छौँ । भुइँ टेकेको खुट्टामाथि विश्वास छ । हामी त्यसैमा उभिएर चुनावको प्रतिस्पर्धामा सामेल हुन्छौँ । जसलाई आफ्नो खुट्टामाथि भरोसा छैन, उसलाई मात्रै वैशाखी चाहिन्छ । हामी त्यो बैशाखीको पक्षमा छैनौँ । दोस्रो कुरा, चुनावमा कतिपय ठाउँमा स्थानीय आवश्यक्ताको आधारमा सिट व्यवस्था हुन सक्छ । त्यो अलग कुरा भयो । तर केन्द्रबाट हामी कुनै गठबन्धन बनाउँदैनौँ ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले केन्द्रीय कमिटी बैठक स्थानीय तह चुनावमा जित हासिल गर्ने मानसिकताका साथ सम्पन्न भएको उल्लेख गर्दै त्यहीअनुसार सिङ्गो पार्टी पङ्क्तिलाई परिचालित गरेर अघि बढ्ने बताए । परमादेशबाट निर्मित शक्तिसँग चुनावमा आफूहरूको प्रतिस्पर्धा हुने भन्दै उनले उनीहरूलाई पराजित गरेर अघि बढ्ने गरी तत्काल योजना बनाउने बताए ।
यसै प्रसंगमा उनले स्थानीय तह चुनावमा जित्ने र टिक्ने कार्यकर्तालाई उम्मेदवार बनाउने मापदण्ड पनि केन्द्रीय कमिटीले तय गरेको बताएका छन् ।
News Desk 0 response बिहिबार, चैत्र १०, २०७८

सम्बन्धित शीर्षकहरु
-
यस वर्षको मनसुन बाहिरियो
बुधबार, अशोज २८, २०८३ -
प्रस्तावित १३ राजदूतको सुनुवाइ सकियो, अनुमोदनका लागि..
बुधबार, अशोज २८, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३ -
राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश
मङ्लबार, अशोज २७, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३
-
यस वर्षको मनसुन बाहिरियो
बुधबार, अशोज २८, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३ -
राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश
मङ्लबार, अशोज २७, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३


