

-
पर्सा : लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आउँदो स्थानीय तहको चुनावमा कुनै पनि पार्टीसँग तालमेल हुन सक्ने बताएका छन् । आज बिहीवार पर्साको वीरगञ्जमा चुनाव लक्षित गरी आयोजना गरिएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले आवश्यकताअनुसार जिल्लाका नेताहरूले पनि चुनावी तालमेल गर्न सक्ने जानकारी दिए ।
नेता महतोले भने, ‘गठबन्धन नै गर्नुपर्छ भन्ने चाहिँ होइन, त्यस्तै परे कुनै पार्टीसँग चुनावको समयमा गठबन्धन हुन सक्छ । हामीले गठबन्धनको राजनीतिका लागि बढी जोड गरेका छैनौँ । भविष्यमा आवश्यकताअनुसार गठबन्धनको सम्भावना रहेकाले कुनै पनि दलसँग गर्न सकिन्छ ।’
वरिष्ठ नेता महतोले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवप्रति कटाक्ष गर्दै नेता महतोले मधेसवाद र मधेसी जनताको नाममा सिँढी चढेर सत्तामा रमाउने गरेको र मधेसको मुद्दा छोड्ने गरेको आरोप लगाए । सत्ताका लागि मधेसी जनतालाई सहादत मात्र दिन लगाउने र मधेसवाद छैन भन्ने कुरा गलत रहेको उनको भनाइ छ ।
वरिष्ठ नेता महतोले मधेसमा विभिन्न तहमा समस्यामा परेका जनतालाई हक, अधिकार दिलाउन पार्टी लड्दै गरेकाले त्यो नै मुख्य एजेन्डा रहेको पनि बताए ।
स्थानीय तहको चुनाव नजिकिँदै गर्दा पर्सामा राजनीतिक दलहरूको सक्रियता बढ्न थालेको छ । दलहरूले पार्टी प्रवेशको कार्यक्रमदेखि वडा–वडामा प्रचारप्रसार कार्यालय स्थापना गरेका छन् ।
News Desk 0 response बिहिबार, चैत्र १०, २०७८

सम्बन्धित शीर्षकहरु
-
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३ -
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न..
सोमवार, अशोज २६, २०८३ -
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३
-
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३ -
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न..
सोमवार, अशोज २६, २०८३ -
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३


