

-
काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ ।
महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एअरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा फेरि उडान सुरु गरेको हो । नेपाल एअरलाइन्सले दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बेङ्गलोरमा फेरि उडान गर्ने घोषणा गरिसकेको छ । निगमले आउँदो मार्च २१ देखि बेङ्गलोर र मार्च २९ तारिखदेखि मुम्बईमा उडान गर्ने तयारी गरेको छ ।
बेङ्गलोरमा हप्ताको मङ्गलवार, बिहीवार र शनिवार उडान सञ्चालन हुनेछ भने मुम्बईमा बुधवार, शुक्रवार र आइतवार उडान गरिनेछ ।
नयाँ दिल्लीमा दैनिक दुई उडान
महामारीको असहज अवस्थामा पनि नियमित उडान भइरहेको भारतको नयाँ दिल्ली गन्तव्यमा पनि गएको फागुन ३० गतेदेखि दैनिक दुई उडान भइरहेको छ । भारतले आफ्ना सबै प्रकारका व्यावसायिक उडान खुला गरेसँगै नेपाल एअरलाइन्सले दिल्लीमा दैनिक दुई उडान गरिरहेको हो ।
जापानको नारितामा हप्ताको दुई उडान
नेपाल एअरलाइन्सले जापानको नारितामा हप्ताको दुई दिन उडान गर्ने गरी आवश्यक तयारी गरिरहेको छ । कोभिड महामारीका कारण उडान स्थगित भएको यो गन्तव्यमा निगमले फैरि उडान सञ्चालन गर्न लागेको हो । निगमले जापानको नारितामा हप्ताको दुई उडान गर्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।
नारिता विमानस्थलमा अप्रिल १ देखि उडान गर्ने गरी तयारी भइरहेको हो । निगमका प्रवक्ता अड्काले कोभिड महामारीअघिको सबैजसो गन्तव्यमा फेरि उडान विस्तार गरेर नेपाल एअरलाइन्स उडान सेवामा पूर्ववत् लयमा फर्किएको उल्लेख गर्नुभयो । नेपाल एअरलाइन्सले नारितामा अप्रिल १ देखि हप्ताको मङ्गलवार र शुक्रवार उडान गर्नेगरी नयाँ तालिका सार्वजनिक गरिसकेको छ ।
अहिले नारितामा हप्ताको एक दिन शुक्रवार मात्रै उडान भइरहेको छ । नेपाल एअरलाइन्सले सात देशका नौ गन्तव्यमा उडान गर्दै आएको छ ।
बैंककमा पनि हप्ताको दुई उडान
नेपाल एअरलाइन्सले थाइल्यान्डको राजधानी बैंकक गन्तव्यमा पनि हप्ताको दुई उडान सञ्चालन गर्ने भएको छ । यसअघि हप्तामा एक मात्रै उडान गरिरहेको नेपाल एअरलाइन्सले यही चैत ७ गतेदेखि हप्तामा दुई उडान गर्ने तयारी गरेको हो ।
News Desk 0 response बिहिबार, चैत्र ३, २०७८

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३



