

-
कैलाली : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षड्यन्त्र सुरु भएको बताएका छन्। धनगढीमा आज सोमवार आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले नेकपा एमालेसँग पार्टी एकता गरेर गलत नगरेको बताउँदै पार्टी एकतापछि माओवादी आन्दोलनलाई समाप्त पार्न देशी–विदेशी शक्तिले षडयन्त्र सुरु गरेको बताए ।
उनले माओवादी जनयुद्धको बलमा प्राप्त सङ्घीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिङअन्तर्गत षड्यन्त्र भएको बताउँदै केपी ओलीले ठूलो षडयन्त्रअन्तर्गत संसद् विघटन गरेको जिकिर गरे । उनले भने, ‘विदेशी शक्ति, न्यायालय र प्रतिक्रियावादीको सेटिङले माओवादी नेतृत्वलाई सिध्याउने डिजाइन गर्नका लागि गरिएको षडयन्त्र थियो ।’ लाखौँको सङ्ख्यामा जनता आँधीहुरी जस्तै ओइरिएपछि देशी–विदेशी सेटिङ असफल भएको उनको भनाइ थियो ।
अध्यक्ष दाहालले माओवादी केन्द्रको निर्णायक भूमिकाले प्रतिगमन परास्त भएको बताउँदै दोस्रो पटकसमेत प्रतिगमनकारीले संविधानमाथि प्रहार गरेर संसद् विघटन भएकाले आफूले गठबन्धन निर्माणको पहल गरेको बताए । चुनावमा एमालेसँग गठबन्धन गरेसँगै पार्टी एकता गरिएको बताउँदै उनले पार्टीलाई एकढिक्का बनाउन लड्दा लड्दै विभाजित हुन पुगेको बताए । ‘पहिलो जोड आफ्नै तागतले चुनाव जित्ने गरी जानुपर्छ भन्ने हो’, उनले भने, ‘तालमेलको सम्भावना भयो भने गठबन्धनका दलसँगको तालमेललाई नै प्राथमिकता दिएर जाने हो ।’
अध्यक्ष दाहालले गठबन्धन दलका शीर्ष नेतृत्वले गठबन्धनलाई तीनै तहको चुनावसम्म अगाडि लिएर जाने कुरामा द्विविधामा नहरेको बताए । उनले एमसीसी जस्ताको त्यस्तै पारित नगरि संशोधन गरेर पारित गरिएको बताए ।
रासस 0 response सोमवार, फाल्गुन ३०, २०७८

सम्बन्धित शीर्षकहरु
-
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३ -
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न..
सोमवार, अशोज २६, २०८३ -
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३
-
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३ -
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न..
सोमवार, अशोज २६, २०८३ -
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३


