

-
काठमाण्डौ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावको मतपत्रको चिह्नहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन् ।
आज मङ्गलवार अखिल नेपाल महिला सङ्घले काठमाण्डौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आँखा कमजोर हुनेले रुखैरुख देखोस् भनेर हरियो रङ्गको चिह्न राख्न खोजेको हो भने त्यो स्वीकार्य नहुने बताएका हुन् । उनले निर्वाचन आयोगले मतपत्रका चिह्नहरूमा हरियो चिह्न राख्नुको कारण बताउनुपर्ने भन्दै यदी यो कुरा सत्य भए आयोगले त्रुटि सच्याउन आवश्यक रहेको बताए ।
अध्यक्ष ओलीले भने, ‘मलाई थाहा छैन, मैले एउटा सञ्चारमाध्यममा हेरेको थिएँ । निर्वाचन आयोगले मतपत्रका चिह्नहरू हरियो रङ्गको राख्ने भयो रे, हरियो चिह्न किन राख्ने ? के कारणले राख्ने निर्वाचन आयोगले बताउनुपर्यो । यदि हो भने कुन हिसाबले राख्ने ? आँखा कमजोर हुनेले रुखैरुख देखोस् भनेर हरियो चिह्न राख्ने हो ? यदि हरियो राख्ने निर्णय गरेको होइन भने सञ्चारमाध्यमले आफ्नो त्रुटि सच्याउनुपर्यो । यदि निर्वाचन आयोगले नै त्यो गरेको हो भने उसले निर्वाचन आयोगले नै त्यस्तो त्रुटि सच्याउनुपर्छ । हरियो–सरियो हुँदैन ।’
कार्यक्रममा अध्यक्ष ओलीले छोरीहरूका लागि सबै तहका सरकारले नीति निर्माण गर्दा ध्यान दिनुपर्ने बताए । उनले अबका दिनमा छोरीहरूले रोजगारीका अवसर छोडे भने छोराहरूले पाउने स्थिति बन्दै जाने अवस्था सिर्जना भइरहेको पनि बताए ।
News Desk 0 response मङ्लबार, फाल्गुन २४, २०७८

सम्बन्धित शीर्षकहरु
-
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३ -
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न..
सोमवार, अशोज २६, २०८३ -
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३
-
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३ -
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न..
सोमवार, अशोज २६, २०८३ -
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३


