

-
काठमाण्डौ : नेकपा माओवादी केन्द्रमा पदाधिकारी चयन स्थानीय तहको चुनावपछि गर्न प्रस्ताव गरिएको छ । आज सोमवारको बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी चयन स्थानीय तहको चुनावपछि गर्न प्रस्ताव गरेका हुन् ।
यस्तै अध्यक्ष प्रचण्डले अमेरिकी सहायता (एमसीसी) को विषयमा आएका फरक मतलाई सम्मानजनक हिसाबले केन्द्रमा दर्ज गरिने बताएका छन् ।
यसैबीच आजको केन्द्रीय कमिटीको बैठकले युवालाई प्राथमिकतामा राखेर ९७ जना केन्द्रीय सदस्यको नाम थप गरेको छ । काठमाण्डौमा चलिरहेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले आज सोमवार ९७ जना सदस्यको नाम प्रस्ताव गरेका छन् ।
माओवादीले विद्यार्थी सङ्गठनका पूर्वअध्यक्ष तथा सहायक सङ्गठन वाईसीएल नेपालका अध्यक्षलगायत युवालाई केन्द्रीय समितिमा ल्याएको छ । केन्द्रीय कमिटीमा अखिल क्रान्तिकारीका ६ जना पूर्वअध्यक्ष समेटिएका छन् ।
केन्द्रीय समितिमा अटाएका युवा नेतामा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दीपक देवकोटा, विजय गौतम रञ्जित तामाङ छन्। यस्तै रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल र सन्तोष विष्टलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।
केन्द्रीय समिति बैठकबाट खुलातर्फ ५५ र समानुपातिकतर्फ ४२ जना गरी ९७ जना केन्द्रीय सदस्य थप गरिएको हो । तर माओवादीले अध्यक्षबाहेकका पदाधिकारी भने अझै चयन गर्न सकेको छैन ।
News Desk 0 response सोमवार, फाल्गुन २३, २०७८

सम्बन्धित शीर्षकहरु
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष सेवा विधेयक पारित
सोमवार, साउन २५, २०८३-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



