

-
युक्रेनमाथि आक्रमण गरिरहेको रुसमा प्रतिबन्धहरुको कारण खेल क्षेत्रमा पनि समस्या देखिन थालेको छ । पश्चिमा देशहरुले अन्य आर्थिक प्रतिबन्धसँगै खेल क्षेत्रमा पनि प्रतिबन्धहरु बढाउँदै लगेपछि रुसी खेल क्षेत्र समस्यामा पर्न थालेको हो ।
अन्तर्राष्ट्रिय कम्पनीहरुले रुसी खेलका संघसंस्था तथा विभिन्न क्लबहरुसँगको साझेदारी तोडेका छन् भने खेल सम्बन्धी अन्तर्राष्ट्रिय संघसंस्थाले पनि प्रतिबन्ध लगाउन थालेका छन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले अनिश्चितकालीन प्रतिबन्ध लगाएका छन् । यो प्रतिबन्धका कारण रुसको आउँदो विश्वकप फुटबल यात्रा अनिश्चित बनेको छ ।
फिफाको निलम्बन परेकाले रुसले मार्चमा पोल्याण्डविरुद्ध हुने विश्वकप छनोट अन्तर्गत प्ले अफ खेल गुमाउनेछ । पोल्याण्डले यूक्रेनी नागरिकसँग ऐक्यबद्धता जनाउँदै यस अघि नै आफूले रूससँग नखेल्ने घोषणा गरिसकेको छ । त्यस्तै रुसको महिला टोलीले समरमा हुने युरोकप–२०२२ को प्रतियोगिता गुमाउने छ । यस्तै रुसी क्लब स्पार्टक मस्कोले युरोपा लिग खेल्न पाउने छैन ।
यूएईएफले रसियाको इनर्जी जोइन्ट जाजप्रोमसँगको स्पोन्सर सम्झौता समेत रद्द गरेको छ । खेलकुद सम्बन्धी अन्तर्राष्ट्रिय मान्यताहरु निलम्बनमा पर्नु, खेल क्षेत्रमा भइरहेको साझेदारी टुट्नु, प्रतियोगिताहरुमा सामेल हुन नपाउनु र देशभित्रै नियमित प्रशिक्षणमा समस्या लगायतका कारण रुसी खेल क्षेत्रमा समस्या बढीरहेको हो ।
युद्ध लम्बिदै गएमा नजिकिएका महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरु गुमाउनुको साथै रुसी खेल क्षेत्रमा यसको असर धेरै लामो समय पर्नेछ । फिफा र यूईएफले निकालेको संयुक्त विज्ञप्तिमा फुटबल एकता र भाइचराको खेल रहेको भन्दै आफूहरु युक्रेनी नागरिकको साथमा एकताबद्ध भएको र चाँडै अवस्था सुधार भइ शान्तिको महसुस पाउने आशा रहेको बताएका छन् ।
News Desk 0 response बुधबार, फाल्गुन १८, २०७८

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


