

-
काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल टी–२० लिग आयोजनाको अधिकार भारतीय कम्पनीलाई नै दिने भएको छ ।कैलालीको धनगढीमा सम्पन्न क्यानको साधारण सभाले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई नै नेपाल टी–२० लिग गर्न दिने निर्णय गरेको हो । जबकी २१ असोजमा बसेको बोर्ड बैठकले उक्त कम्पनीसँग भएको विवादास्पद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।
चतुर बहादुर चन्द नेतृत्वको क्रिकेट सङ्घले २०७७ मंसीरमा नेपाल टी–२० लिग आयोजना गर्ने जिम्मा १० वर्षका लागि सेभेन थ्री स्पोर्टसलाई दिने प्रस्ताव गरेको थियो । त्यस बेला प्रस्तावित सम्झौताअनुसार सेभेन थ्री स्पोर्टसले चरणवद्ध रुपमा क्रिकेट संघलाई करिब ४२ करोड दिने भनिएको थियो ।
तर ठुला इभेन्टहरू नै नगरेको कम्पनीलाई नेपाल टी–२० लिगको सम्पूर्ण अधिकार दिन खोजेको भन्दै विरोध भयो । । साथै सरकारले पनि अनुमति दिएन भने सेभेन थ्री स्पोर्टसले पनि अनुमति पाउनु पूर्व गर्नुपर्ने कामहरू गरेन ।असोज २०७८ मा बसेको बोर्ड बैठकले सरकारले अनुमति नदिएको र भारतीय कम्पनीले पनि गर्नुपर्ने कामहरू नगरेको भन्दै सम्झौता गर्ने निर्णय गरेको थियो ।
तर शनिवार सकिएको बोर्ड बैठकले फेरि त्यही कम्पनीलाई नेपाल टी–२० लिग गर्न दिने निर्णय गरेको छ । यो पटक सम्झौता अवधि १० बाट घटाएर ८ वर्ष कायम गरिएको छ भने रकम ४२ करोडबाट ३३ करोड रुपैयाँभन्दा बढी भनिएको छ ।
क्यानका एक सदस्य भन्छन्, परिमार्जन गर्ने विषयहरूमा नयाँ सहमति गर्ने भनिएको छ ।’ यद्यपि फेरि विवादास्पद कम्पनी सेभेन थ्री स्पोर्टसलाई नै नेपाल टी–२० लिग गर्न दिन खोजिएको भन्दै ५ जनाले नोट अफ डिसेन्ट राखेका छन् ।
News Desk 0 response आइतवार, फाल्गुन १५, २०७८

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


