

-
काठमाडौं : नेपाली बजारमा विद्युतीय गाडीले लोकप्रियता पाइरहेको छ । प्रत्येक कम्पनीले विद्युतीय गाडी आयात गरिरहेका छन् । उत्कृष्ट पर्फमेन्स, लुक्स र माइलेजकै कारण नेपालमा पनि उपभोक्ताले पनि इलेक्ट्रिक गाडी रुचाउन थालेका छन ।
विद्युतीय गाडी भित्र्याउने लहर चलिरहँदा एमजीले पनि नयाँ विद्युतीय गाडी सार्वजनिक गर्दै छ । नेपालका लागि एमजी गाडीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले एमजीको सर्वाधिक सफल इलेक्ट्रीक मोडल जेडएसको फेसलिफ्ट मोडल सार्वजनिक गर्ने भएको हो ।
आइतबार सार्वजनिक गर्ने भनिएको एमजि जेटएस फागुन १५ गते काठमाडौंमा एक कार्यक्रम गरी सार्वजनिकसँगै बुकिङ खुल्ला गर्ने कम्पनीले बताएको छ ।
कस्तो छ एमजी जेटएस ?
आइतबार सार्वजनिक हुने एमजीको विद्युतीय गाडीको मुख्य आकर्षण नै डिजाइन र माइलेज हो । एमजी जेडएसमा ५१.१ किलोवाट आवर र ७२.६ किलोवाट आवरको दुई ब्याट्री अप्सन उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
एमजीको जेडएस इभी नेपालमा सर्वाधिक विक्री भएको कारणपनि नयाँ ब्याट्री अप्सनमा आउने भएपछि अझ लोकप्रिय बन्ने कम्पनीको दाबी छ ।
सार्वजनिक हुन लागेको जेडएस इभी फेसलिफ्टमा अगाडी र पछाडिको भागमा धेरै परिवर्तन गरिएको छ । अलोय ह्वील, ड्यासवोर्ड लगाएतमापनि एमजिले व्यापक परिवर्तन गरेको छ ।
रिडिजाइन बम्पर, नयाँ हेडल्याम्प र टेलल्याम्प, बडी कलरको फ्रन्ट ग्रिल, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, आई–स्मार्ट कनेक्ट कार टेक्नोलोजी जस्ता फिचर यसमा दिइएको छ ।
जेटएस इभिको इन्टेरियरलाईपनि आकर्षक र कम्फर्ट बनाइएको छ । आरमदायी सिट, ऐयर व्याग, टच स्क्रिन लगाएतका प्रमुख विशेषता छ ।
एमजी फेसलिफ्ट इभिमा दिएएको ५१ किलोवाट आवर क्षमताको व्याट्रीले सिंगल चार्जमा ४ सय किलोमिटर माइलेज दिने छ । त्यसैगरी ७२ किलोवाट आवर क्षमताको व्याट्रीले सिंगल चार्जमा ५ सय किलोमिटर रेन्ज दिने जनाइएको छ । यो गाडीको टप स्पिड १७५ किलोमिटर प्रतिघण्टा रहेको छ ।
कति पर्छ मूल्य ?
कम्पनीले हालसम्म एमजी जेडएसको फेसलिफ्टको मूल्य भने सार्वजनिक गरिसकेको छैन । ब्याट्री अप्सन नै फरक हुने भएसँगै एमजीले दुबै भेरियन्टको मूल्य पनि फरक पर्ने जनाएको छ ।
करिब २० किलोवाट आवर क्षमताको ब्याट्री फरक भएको कारण अनुमानित ८ लाख रुपैयाँ फरक पर्ने अनुमान गरिएको छ ।
औपचारीक रुपमा मूल्य सार्वजनिक नगरेपनि जेटएस इभिको मूल्य ५० लाखदेखि सुरु हुने अनुमान गरिएको छ ।
News Desk 0 response शनिबार, फाल्गुन १४, २०७८

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



