• काठमाण्डाै . अफगानिस्तानसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बङ्गलादेश विजयी भएको छ । चितागोङमा अफगानिस्तानले दिएको दुई सय १६ रनको लक्ष्य बङ्गलादेशले ४८ ओभर ५ बलमा पूरा गर्‍याे ।

    बङ्गलादेशको जितमा अफिफ होसेनले ९३ र मेहिदी हसनले १ रन बनाए । यी दुवै खेलाडी नटआउट रहे । यी दुईले सातौँ विकेटका लागि एक सय ७४ रनको साझेदारी गरे । बङ्गलादेशले ४५ रनमा ६ विकेट गुमाएको अवस्थामा यी दुई खेलाडीले पारी सम्हाले । बलिङतर्फ अफगानिस्तानका फजलहक फरुकीले चार विकेट लिए । यस्तै मुजीब अर रहमान र राशीद खानले एक–एक विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९ ओभर १ बलमा अलआउट हुँदै दुई सय १५ रन बनायो । अफगास्तिानका लागि नजिबुल्लाह जदरनले ६७, रहमत शाहले ३४ र कप्तान हशमतुल्लाह शाहिदीले २८ रन बनाए । बलिङतर्फ बङ्गलादेशका मुस्ताफिजुर रहमानले तीन विकेट लिए । यस्तै तस्किन अहमद, शाकिब अल हसन र शोरिफुल इस्लामले दुई–दुई विकेट लिँदा महमुदुल्लाहले एक विकेट लिए ।

    यो जितसँगै बङ्गलादेश तीन खेलको शृङ्खलामा एक–शून्यले अघि भएको छ । बङ्गलादेशसँग तीन खेलको एकदिवसीय र दुई खेलको टी–२० शृङ्खला खेल्न अफगानिस्तान बङ्गलादेश भ्रमणमा छ ।