

-
पोखरा : मनाङ मर्स्याङ्दी क्लब ६ पटकको विजेता विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै २० औँ संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रदेश गरेको छ।पोखरा रङ्गशालामा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दै ६ पटकको विजेता मनाङ अन्तिम चारमा पुगेको हो।
मनाङलाई जित दिलाउन रुपेश केसी र नाइजेरियन खेलाडी अफिज ओलावालेले एक/एक गोल गरेका थिए।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मनाङले दुवै गोल गरेको थियो। ६४औँ मिनेटमा रुपेश केसीले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए।
ओलावालको पासमा रुपेशले गोल गरेका थिए। खेलको ८३औँ मिनेटमा पुलिसका कप्तान जुमानु राई बराबरी गोल गर्नबाट चुकेका थिए। रवि पासवानले डिबक्स नजिकैबाट दिएको बललाई जुमानुले पोस्टको दिशा दिन सकेनन्।
त्यसपछि ८७औँ मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई २–० को जित दिलाए। ओलावालेले पुलिसका दुई डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए। एक गोल र एक गोलका लागि अशिष्ट गरेका ओलावाले म्यान अफ दी म्याच चुनिए।
खेलपछि प्रतिक्रिया दिँदै नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले आफ्नो खेलाडीको गल्तीले नतिजा मनाङलाई सुम्पिनु परेको बताए।मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक टोपे फुजाले खेल जित्ने रणनीति बनाएर खेल्दा जित सम्भव भएको बताए।
News Desk 0 response सोमवार, माघ १०, २०७८

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


