• काठमाडौँ : काठमाडौंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं. 9N–AJX  को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घण्टापछि मात्र अवतरण भएको छ ।

    बुद्ध एयरका अनुसार काठमाडौँबाट ७ः४४ बजे उडेको उडान नं ४५१ जहाज निर्धारित समयअनुसार ८ः४४ मा अवतरण हुनुपर्ने थियो । तर, नेपालगन्ज विमानस्थलको मौसम प्रतिकुल नभएपछि जहाज होल्डमा पर्‍यो ।

    यो जहाज बिहान ९ः१८ मा अवतरण भएको थियो । सो क्रममा एक महिला यात्रु बेहोस भेटिएको र उनलाई बुद्ध एयरको एम्बुलेन्सबाटै नेपाल आर्मीको अस्पतालमा लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निको भएर फर्किसकेको कम्पनीका एक अधिकारीले जानकारी दिएका छन् ।