

-
काठमाडौँ : रोजगारीका लागि ९९ जना नेपाली कामदार आज इजरायल उड्ने वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बुधबार राति ९९ जना नेपाली कामदार इजरायलका लागि उड्ने जानकारी दिए। उनले यो पहिलो उडान रहेको बताए। त्यसपछि जनवरीको २९ र फेब्रुअरी १ तारिकका दिन दुई उडान हुने उनले जानकारी दिए ।
यसैगरी दोस्रो चरणमा १६२ जना इजरायल उड्ने भएका छन् । माघ १५ र १८ गते कामदार इजरायल उड्ने तय भएको विभागका निर्देशक सुनुवारले जानकारी दिए। नेपाल सरकार र इजरायल सरकारबीच २०७७ साल असोज १४ गते श्रम सम्झौता भएको थियो ।
श्रम सम्झौतापछि विभागले विज्ञापन सुरु गरेको १७५ दिन अर्थात् २५ हप्तामा नेपाली कामदारलाई इजरायल उडाउने टुङ्गो लागेको उनले बताए ।
इजरायलस्थित रोजगारदाताले हस्ताक्षर गरी विभागमा पठाएको सम्झौतापत्रमा हालसम्म ९९४ कामदारसँग सम्झौता भइसकेको छ। विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको अन्तिम छनोट गरेको थियो । त्यसमा इजरायलले ११ सय ७५ जना छनोट गरेको जानकारी उनले दिए।
नेपाल सरकार र इजरायल सरकारको सम्झौता अनुसार छनौट प्रक्रियाको सम्पूर्ण कार्य वैदेशिक रोजगार विभागको नेतृत्वमा सम्पन्न भएको उनले बताए। उनीहरूको कार्यकाल पाँच वर्षको हुनेछ तर, प्रत्येक वर्ष भिषा नवीकरण गर्नुपर्ने उनको भनाइ छ। इजरायल पुगेपछि त्यहाँस्थित रोजगारदाताले १४ दिन क्वारेन्टिन राख्नेछ । इजरायल सुरक्षित गन्तव्यमध्ये एक हो र अर्को आकर्षक पारिश्रमिक पनि हो ।
News Desk 0 response बुधबार, माघ ५, २०७८

सम्बन्धित शीर्षकहरु
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३



