

-
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा नेपाली काँग्रेस त्यागेर माओवादी केन्द्र रोज्ने क्रम तीब्र हुन थालेको छ । गत स्थानीय निर्वाचनमा दोस्रो भएको काँग्रेसका कार्यकर्ता धमाधम माओवादीमा प्रवेश गर्न थालेका छन् । काँग्रेसमा रहेर संरक्षण नभएको तथा उसको विकास नीति पनि सही नभएको भन्दै काँग्रेस कार्यकर्ताले माओवादी रोज्न थालेका हुन् । वडा नम्वर १ का काँग्रेस बाट बिजयी वडा सदस्य कान्छा शेर्पासहित ७ जना कृयाशिल सदस्य केही समय अघि माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

सो बेला भोटेकोशी ५ का दावा लामासहित अन्य पाँच जनाले पनि काँग्रेस परित्याग गरेर माओवादी केन्द्र रोजेका छन् । भोटेकोशी काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले उनीहरुलाई माओवादी केन्द्रमा स्वागत गरेका थिए । अघिल्लो साता भएको भोटेकोशी गाउँपालिकाको एक नम्वर वडा भेलामा पनि गाउँपालिकाको काम र योजना देखेर यस वडाका नेपाली काँग्रेस परित्याग गरेर झण्डै दुई सय जना माओवादीमा प्रवेश गरेका छन् । यो वडा पनि नेपाली काँग्रेसले जितेको वडा हो ।
पछिल्लो समय भोटेकोशी गाउँपालिकामा माओवादीप्रतिको आकर्षण बढ्न थालेको अध्यक्ष राजकुमार पौडेलको दावी छ । वडा भेला तथा अधिबेशन गरिरहेको माओवादीमा अन्य पार्टी परित्याग गरेर प्रवेश गर्नेको लर्को लागेको छ । बुधवार पनि एक सय पचास भन्दा धेरै ब्यक्ति माओवादी प्रवेश गरेका छन् । भोटेकोशी वडा नम्वर तीनमा भएको अधिबेशनमा पनि १ सय पचास जना काँगे्रसका सकृय कार्यकर्ताले माओवादी रोजेका छन् । यो वडामा पनि गत स्थानीय निर्वाचनमा काँग्रेस समर्थित उम्मेदवारले बिजय हासिल गरेका थिए ।
नेपाली काँग्रेसबाट बिजयी अध्यक्षका काका तथा भाई पनि माओवादीमा प्रवेश गरेका छन् । गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलज्यूको सामाजिक भावना तथा काम देखेर नेपाली काँग्रेस परित्याग गरेर माओवादी रोजेको उनीहरुको भनाई छ । यस अघि नेपाली काँग्रेसले जितेको यो वडामा अहिले माओवादीले बिजय गर्ने अध्यक्ष पौडेलको भनाई छ । नेपाली काँग्रेस बाट विजयी भएका वडा अध्यक्ष कैलाश पौडेलका काका रुद्रवहादुर पौडेलको नेतृत्वमा १ सय ५० जनाले काँग्रेस यथास्थितिवादी रहेको भन्दै गाउँको विकासका लागि माओवादी उपयुक्त रहेको बताएका छन् ।
News Desk 0 response बुधबार, मंसिर १, २०७८

सम्बन्धित शीर्षकहरु
-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३


