• सिन्धुपाल्चोक ।

    भोटकोशी गाउँपालिकामा नेपाली काँग्रेस बाट सदस्यमा जितेका एक सदस्य माओवादीमा प्रवेश गरेका छन् । भोटेकोशी १ का काँग्रेस बाट बिजयी वडा सदस्य कान्छा शेर्पासहित ७ जना कृयाशिल सदस्य माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । साथै भोटेकोशी ५ का दावा लामासहित अन्य पाच जनाले पनि काँग्रेस परित्याग गरेर माओवादी केन्द्र रोजेका छन् । भोटेकोशी काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलगायत माओवादीका नेताहरुले उनीहरुलाई माओवादी केन्द्रमा स्वागत गरेका थिए । माओवादीमा संगठित भएर काठमाडौं बसोवास गर्नेहरुको भेला आईतवार काठमाडौंमा सम्पन्न भएको छ । भेलाले दिलबहादुर मगरको अध्यक्षतामा ३३ सदस्यीय सम्पर्क मन्च गठन गरिएको छ ।