• बागमती पर्यटको प्रचुर संभावना भएको प्रदेश हो । यहाँ ऐतिहासिक साँस्कृतिक तथा प्राकृतिक भण्डार छ । बागमती लाई एक नमुना पर्यटकीय स्थल बनाउन सकिन्छ । एकातर्फ संघीय राजधानीको नजिक अर्कोतर्फ बिश्वकै शक्तिशाली देश चीन पर्ने कारण पनि यहाँका हरेक गन्तब्य पर्यटन उद्योगका लागि सही हुन्छन् । हिमालका लहरदेखि अन्य प्राकृतिक संरचनाले पनि सिन्धुपाल्चोकको पर्यटन ब्यवसाय माथि उठ्न सक्छ । यहाँ पर्यटकहरूको निमित्त आफ्नै किसिमको सौन्दर्यता र मौलिकता छ । आन्तरिक तथा वाह्य पर्यटकहरूले चाहेका चीज यहाँ पाउन सक्छन् । त्यसोत कम लगानीमा मनग्ये मनोरञ्जन पाउने प्रदेश पनि यो हो । यहाँ साहसिक पर्यटकहरूले छोटो पैदल यात्रामै ट्रेकिङ्ग, बन्जी जम्प, क्यानोनिङ्ग, स्विङ्ग, क्यानोइङ्ग, हाई रोप्स् एक्सपिडिसन टूर प्रोगाम, क्लाइम्बिङ्ग एड्भान्चर टुर, ¥याफ्टिङ्ग कायाकिङ्ग, रक क्लाइम्बिङ्गको मज्जा लिन सक्छन् । त्यसोत अन्य पर्यटन खेलहरूको संभावना पनि धेरै देखिन्छ । संघीय राजधानी बाट नजिक भएका कारण व्यवसायीको लगानी पनि कम भए पुग्छ । लामो मार्ग हुँदै सामान ढुवानी गर्न नपर्दा सानो लगानीमा धेरै फाइदा लिन व्यवसायी सफल हुन्छन् । आन्तरिक एवम् बाह्य पर्यटकले पनि थोरै रकममा मनग्ये फाईदा लिन सक्नेछन् । यहाँ आउँदा हवाईजहाजको आवश्यकता पनि पर्दैन । छोटो दुरीमा गन्तब्य पुग्न सकिने हुँदा पनि पर्यटकको खर्च कम हुन्छ । नेपालको राजनीतिक उतारचढावले बन्द,हड्तालजस्ता गतिबिधि भईरहन्छ । त्यस्ता गतिबिधिमा पनि यहाँको पर्यटन व्यवसायमा समस्या नपर्ने देखिन्छ । नेपालको पर्यटन व्यवसायमा सवैभन्दा बिवाद भएको हवाई उद्धारको आवश्यकता पनि नपर्ने हुँदा पर्यटकको खर्चमा कमी हुने छ । यस्ता बिषयहरू पर्यटकलाई व्यवसायीले पहिल्यै बताउन सके थप आकर्षण बढ्ने निश्चित छ ।
    यहाँको प्राकृतिक सम्पदालाई नगदमा बदल्न सके ब्यवसायीको मात्र होईन जिल्ला तथा देशकै आम्दानी बृद्धि हुने निश्चित छ । नेपालकै पुरानो तथा चर्चित गन्तब्य हेलम्बु यही पर्दछ । यो क्षेत्रमा महोत्सवका माध्यमबाट प्रचारप्रसार गर्ने काम पनि गरेको छ । तर, यो पर्याप्त हुन सकेको छैन । कतिपय महोत्सव पनि उत्सवमा मात्र सिमित भएका छन् । त्यसलाई अग्रगामी योजनाका रूपमा अघि सार्नु अहिलेको आवश्यकता हो । मकावनपुर,चितवन,धादिग,रसुवामा एडभान्चर पर्यटनको संभावना अधिक छ ।

    विश्वको सिमसार कुण्डहरूमध्ये नवौं स्थानमा पर्ने पाँचपोखरी र भैरबकुण्ड लगायत दर्जनौ कुण्डहरू यही छन् । एशियाकै गणनामा पर्ने गहिरो बन्जी जम्प, राफ्टिङका लागि उत्कृष्ट नदीहरूमध्ये उत्कृष्ट भोटेकोशी पर्यटक बढाउने चिज हुन् । ¥याफ्टिङ्गका लागि विश्वकै दशांै स्थानमा भोटेकोशी नदी पर्दछ । इन्द्रावती र जुगल हिमालबाट बग्ने ब्रम्हायणी नदीले पनि पर्यटन ब्यवसायमा थप लगानीको बातावरण तयार गर्न सक्छन् । जातीय रूपमा पनि यो जिल्ला फरक पहिचानमा छ । अल्पसंख्यक ह्योल्मो जातीको फरक संस्कृति त्यस्तै अल्पसंख्यकमा पर्ने थामी जातीको परम्परा पर्यटकका लागि गतिलो खुराक बन्छन् । बिभिन्न जातिको भेषभूषा, धर्म,कला सँस्कृति र जीवनशैली यहाँ छन् । बुद्ध धर्मका अनुयायीहरूको आस्थाको धरोहर पनि यहाँ धेरै छन् । त्यसोत हेलम्बु क्षेत्रलाई गुम्वाको शहर पनि भन्ने गरिएको छ । यहाँ नेपालकै धेरै गुम्वाहरू निर्माण भएका ईतिहास पनि हामीले बिक्री गर्न सक्छौं । हिन्दुहरूका आरध्यदेवका मन्दिर पनि यहाँ धेरै पुराना छन् ।

    चीनसँगको व्यापारिक नाका, तातोपानी धारा, नेपाल तिब्बत युद्ध हुँदा निर्माण भएको दुगुनागढी आन्तरिक पर्यटकका लागि पनि खोजीका बिषय हुन् । रणवीर सिंह थापा काजीको हबेलीको ईतिहास पनि धेरै पुरानो र थप खोजीको बिषय छ । त्यसोत जडिबुटीको क्षेत्रमा पनि सिन्धुपाल्चोकले धेरै सहयोग गर्न सक्छ । यहाँका डाँडा र हिमाली क्षेत्रमा धेरै प्रकारका जडिबुटी पाईन्छ । यसको सदुपयोग भएको छैन । सिमितमात्रामा संकलन गरिएको पाईन्छ । त्यसकारण पनि यसको थप प्रबद्र्धन गर्न सके थप व्यवसायको मार्ग बन्छ । खोजीकर्ताले यार्चा गुम्बा लगायत २ सय ५० प्रजातिको जडिबुटी यहा पाईने बताएका छन् । त्यसोत हिमाली,पहाडी र अन्य क्षेत्रमा झण्डै १ सय ५० प्रजातीका चरा यो जिल्लामा पाईने तथ्य छ । यो बिषयमा पनि पर्याप्त खोजी हुन सकेको छैन । पर्यटन व्यवसाय एउटा मात्र देखिए पनि यसले धेरै व्यवसायीको प्राण धानेको हुन्छ । एउटा पर्यटक जिल्ला प्रबेश गर्दा दर्जनौ व्यवसायीको आम्दानी बढेको हुन्छ । गाडी, पसल, होटल, स्थानीय कृषकजस्ता धेरै साना तथा ठूला व्यवसायीको आयआर्जनमा सहयोग पुगेको हुन्छ । त्यसकारण पनि पर्यटन व्यवसायमा लगानी गर्नेले आफ्नो मात्र होईन धेरैको रोजीरोटीमा सहयोग गरेको देख्न सकिन्छ । यो प्रदेशलाई एडभान्चर पर्यटकको बृद्धि गराउन उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पनि धेरै काम गरेको छ । यसलाई ब्यवस्थित बनाउन योजना निर्माण भईरहेको मन्त्री सरेश नेपाल बताउनुहुन्छ ।

    पर्यटन उद्योगको क्षेत्रमा प्रोत्साहन गर्न निजी क्षेत्रलाई आकर्षणको कार्यक्रम बनाउन पनि आवश्यक छ । बिभिन्न जिल्लामा रहेको सम्भावित गन्तब्यहरूको पहिचान गर्न जिल्लास्तरमा संयोजन हुनु आवश्यक छ । साथै पर्यटनको विकास र पूर्वाधार तयार गर्न यस क्षेत्रलाई प्राथमिकताका आधारहरू तयार गर्न आवश्यक छ । पर्यटन द्धज्ञ व्यवसायको महत्वपूर्ण अंग भनेकै प्रचारप्रसार हो । प्रचार भएन भने यसको प्रबद्र्धन हुनै सक्दैन । त्यसकारण पनि राज्य पक्ष र वाणिज्य संघजस्ता संस्थाले यसतर्फ ध्यान दिन आवश्यक छ । सरकारी तवर बाट पनि पर्यटन उद्योगका लागि पहल भएको खवरहरू छन् । सरकारी योजनामा पनि यो व्यवसायलाई प्राथमितामा राखिएको देखिन्छ ।