

-
काठमाडौं । शुक्रबार दशौं महाधिवेशन आयोजक कमिटी बैठकमा आफूलाई एमाले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिइएको घोषणा गरेपछि शेरबहादुर तामाङ ३० वर्षअघिको ‘नोस्टाल्जीया’मा फर्किए ।
केपी ओलीसँगको उनको एकैखाले संयोग फर्कियो ३१ वर्षपछि । २०४७ सालमा एमालेको युवा संगठन तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघका संस्थापक अध्यक्ष थिए केपी शर्मा ओली । त्यही युवा संघको कार्यालय सचिव थिए शेरबहादुर तामाङ ।
२०४६ सालको जनआन्दोलन सफल भएपछि एमालेले प्रजातान्त्रिक राष्ट्रिय युवा संघ गठन गरेको थियो । ओली संस्थापक अध्यक्ष र केशव स्थापित महासचिव रहेको युवा संघको कार्यालय थियो भिमसेनथानमा । अनि त्यो कार्यालय सचिव थिए तत्कालीन केन्द्रीय सदस्य तामाङ ।
ओली युवा संघको अध्यक्षबाट बिदा भएर एमालेको अध्यक्षसम्म बनिसकेका छन् भने तामाङ युवा संघको उपाध्यक्षबाट बाहिरिएका थिए ।
३० वर्षपछि ठिक त्यस्तै संयोग जुरेको छ । ओली एमालेको अध्यक्ष भएको बेला कार्यालय सचिवको जिम्मेवारी उनै शेरबहादुर तामाङले पाएका छन् । सामान्यतः कार्यालय सचिव नेतृत्वले विश्वास गरेको र नेतृत्वको राजनीतिक तथा कार्यालय व्यवस्थापनदेखि देशभरको पार्टी पंक्तिसँग सम्पर्कमा रहने पद हो ।
२०४७ यता प्रायः पार्टीभित्रको समिकरणमा ओलीभन्दा फरक बिचार समूहमा रहँदै आएका तामाङ ओलीले प्रतिनिधिसभा विघटन गरेपछि भने उनको पक्षमा उभिएका थिए । माधव नेपालको माओवादीकरणले एमाले बिचारधारा कमजोर हुने भन्दै उनले ओलीलाई साथ दिएका थिए ।
तीस वर्षपछि ओलीकै नेतृत्वमा कार्यालय सचिव बन्ने मौका पाएका तामाङ त्यसबेला पनि युवासंघको नेतृत्व कुशलतापूर्वक हाँक्न कार्यालय सचिवका रुपमा आफूले ओलीलाई साथ दिएको बताए । आफ्नो योग्यता बुझेरै ओलीले ३० वर्षपछि पार्टी अध्यक्ष हुँदा पनि आफूलाई काबिल सम्झिएको हुनसक्ने आँकलन तामाङको छ ।
उनले नेपाल प्रेससँग भने( यो मेरो लागि ३० वर्षपछि जुरेको संयोग पनि हो । अध्यक्ष कमरेडले दिएको जिम्मेवारी मेरो लागि अवसर र चुनौति दुवै हो । अहिले पार्टी जटिल मोडमा छ । नयाँ कार्यालय निर्माण गर्ने, नयाँ ठाउँमा कार्यालय व्यवस्थापन गर्ने, देशभरका पार्टी कार्यालय र सम्पतिको संरक्षण गर्ने जस्ता ठूला(ठूला दायित्व छन् । म मेरो जिम्मेवारीप्रति सजग छु ।
तामाङलाई जीवनमा पहिलोपटक मन्त्री पनि ओलीले नै आफ्नो क्याबिनेटमा बनाएका थिए । अहिले उनी एमालेको वागमती प्रदेश कमिटी सहइन्चार्ज र सिन्धुपाल्चोक जिल्ला इन्चार्जको भूमिकामा पनि छन् ।
nepalpress
News Desk 0 response शनिबार, बैशाख ११, २०७८

सम्बन्धित शीर्षकहरु
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३



