

-
काठमाडौं । त्रिदेशीय कप फुटबलअन्तर्गत नेपालले आज बङ्गलादेशसित भिड्ने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने बङ्गलादेशविरुद्धको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ । प्रतियोगिताको फाइनलमा प्रवेश गर्नका लागि नेपालका लागि आजको खेल महत्वपूर्ण रहेको छ । फाइनलमा प्रवेश गर्नका लागि नेपालले बङ्गलादेशसँग कम्तीमा बराबरी खेल्नुपर्नेछ । बङ्गलादेश भने यसअघि नै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको त्रिदेशीय कपको फाइनलमा प्रवेश गरिसकेको छ ।
बङ्गलादेशले कीर्गिस्तानलाई एक शून्य गोलले पराजित गरेको थियो । नेपालले भने आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो । बङ्गलादेशले दुई गोल अन्तरले जितेको अवस्थामा भने नेपालको फाइनल यात्रा समाप्त हुनेछ । नेपालले कीर्गिस्तानसितको खेलमा फितलो खेल प्रदर्शन गर्यो । कीर्गिस्तानका कप्तान रोतो कार्ड पाएर मैदानबाट बाहिरिए पनि नेपाली टोलीले त्यसको फाइदा उठाउन सकेन ।
पटकपटक गोलको प्रयास भए पनि लक्ष्यमा पुग्न सकेन । नेपाल र बङ्गलादेशले आफ्नो सिनियर राष्ट्रिय टोलीलाई मैदानमा उतारे पनि किर्गिस्तानले भने युथ २३ टोलीलाई प्रतियोगितामा समावेश गरेको छ । फाइनल खेल दशरथ रङ्गशालामा सोमबार हुने आयोजक एन्फाले जनाएको छ । हालसम्म बङ्गलादेशले तीन अङ्क जोडेको छ भने नेपाल र कीर्गिस्तानले एक, एक अङ्क प्राप्त गरेका छन् ।
News Desk 0 response शनिबार, चैत्र १४, २०७७

सम्बन्धित शीर्षकहरु
-
एनपीएल क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु र लुम्बिनी..
बुधबार, मंसिर २५, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा..
बुधबार, मंसिर २५, २०८२ -
खानेपानी कार्यालय दाङका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध..
बुधबार, मंसिर २५, २०८२ -
कोशी र गण्डकी प्रदेशको पहाडी भागमा मौसम..
बुधबार, मंसिर २५, २०८२ -
सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर..
मङ्लबार, मंसिर २४, २०८२
-
एनपीएल क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु र लुम्बिनी..
बुधबार, मंसिर २५, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा..
बुधबार, मंसिर २५, २०८२ -
खानेपानी कार्यालय दाङका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध..
बुधबार, मंसिर २५, २०८२ -
कोशी र गण्डकी प्रदेशको पहाडी भागमा मौसम..
बुधबार, मंसिर २५, २०८२ -
सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर..
मङ्लबार, मंसिर २४, २०८२
-
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
दुर्गा प्रसाईं दिल्लीमा, सरकारले बोलायो वार्तामा
मङ्लबार, मंसिर १७, २०८२



