• काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो । पछिल्ला दिनमा लगातार नेप्सेमा गिरावट आउँदा बजार पूँजीकरणलगायत अन्य सूचकमा प्रभाव परेको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा आज २३.२२ विन्दुले ओरालो लागेर दुई हजार ४६१.८८ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूूचक ४.४७ विन्दुले घटेर ४४५.२१ मा ओर्लेको छ । नेप्सेमा अनुसार कारोवार रकम उल्लेख्य मात्रामा घटेको छ । कूल २१० कम्पनीको एक करोड २४ लाख ८२ हजार ४२८ कित्ता शेयर रु चार अर्ब ७५ करोड २७ लाख आठ हजार १४७ मूल्यमा खरिद बिक्री भए ।

    कारोवार भएक कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल तथा पर्यटन ६८.११, जलविद्यत् ३६.३९ र सामूहिक लगानी कोष ०.०१ विन्दुले उकालो लागेको छ । बैंकिङ २१.७७, व्यापार ४९.८२, विकास बैंक २२, वित्त ४.४३, निर्जीवन बीमा ११४.७, उत्पादन ८८.७४, अन्य २०.४१ लघुवित्त ४७.४६, जीवन बीमा २०१.५६ र लगानी १.३४ विन्दुले घटेको छ ।