• काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य पुनः उकालो लागेको छ । तोलामा नै मङ्गलबार रु एक हजार सात सयले घटेको सुनको मूल्य आज भने ५०० ले बढेको हो ।

    नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा ८७ हजारमा कारोवार भएकोमा आजका लागि भने ८७ हजार ५०० मूल्य निर्धारण भएको छ ।

    यस्तै चाँदी प्रतितोला एक हजार २९० मा मङ्गलबार कारोवार भएकामा आजका लागि भने एक हजार ३१५ मूल्य निर्धारण भएको छ ।