पछिल्लो राजनीतिक बिषयको उठान गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई सम्झेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पोखरेलले त्यो बेलामा काँग्रेसले अबिश्वास प्रस्ताव ल्याउँदा तत्कालिन माधव नेपालले अधिकारीको तर्फबाट जवाफ दिएको स्मरण गरेका छन् । पोखरेलले लेखेका छन्-
ताजा जनादेशका लागि तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधि सभा भंग गर्न गर्नुभएको सिफारिसलाई २०५२ साल भदौ १२ गते सर्वोच्च अदालतले खारेज गरेको थियो । उहाँले अस्पतालकै बेडबाट आफूमाथि लगाइएको अविश्वासको प्रस्तावको जवाफ दिनुभएको थियो । मनमोहन अधिकारीले अस्वस्थ्यता कारण बोल्न कठिन भएपछि तत्कालीन उपप्रधान मन्त्री माधवकुमार नेपालले जवाफ दिने कामलाई निरन्तरता दिनुभएको थियो । यस्तो पृष्ठभूमिसित गाँसिएकाहरूले समेत नैतिकताको हवाला दिदै अहिले प्रधानमन्त्री केपी ओलीले राजीनामा गर्न दवाव दिइरहेका छन् ११ यस्तो अनुचित, क्षुद्र र अनैतिक दवाव किन रु संसदको सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा गर्दा केको आपत्ति ?