

-
कोरोनाको महामारीबीच विगतमा जस्तो एकै व्यक्तिबाट किलोका किलो सुन तस्करी भएको भेटिएको छैन । तर तस्करी भने रोकिएको छैन । लामो समयपछि स्वेदश फर्किनेहरु थोरै पैसाको लोभमा अर्काको भरिया बनेर फस्ने गरेका छन् ।
कोरोना महामारीले पाँच महिना ठप्प त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अहिले पनि सामान्य अवस्थामा जस्तो हुन सकेको छैन । सुन तस्कर भने यसैलाई मौकाको रुपमा प्रयोग गर्ने प्रयासमा छन् । विमानस्थलबाट सुन भित्र्याउन तस्करले अनौठो शैली अपनाउन थालेको भेटिएको छ ।करिब एक महिनाअघि फ्लाई दुबईको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ्लमा अवतरण गर्यो । जहाजबाट अन्य यात्रुसँगै विष्णुप्रसाद दुलाल पनि आगमन कक्षतिर आए । उनले ल्याएको लगेज एक्सरे मेसिनमा राखियो । लगेजमा अन्य सामानसँगै तेलका तीन वटा बोतल थिए । ओलिभ आयल नामका तीनवटै बोतल पूर्णरुपमा सिलबन्दी गरिएकाले शंका गर्ने ठाउँ थिएन । तर एक कर्मचारीले नियालेर हेर्दा तेलको भन्दा अलिक भिन्न रंग पाए । त्यसपछि प्रहरीले अनुसन्धान थाल्यो । प्रयोगशाला परीक्षणबाट सबैलाई चकित तुल्याउने नतिजा आयो । हो, बोत्तलमा तेल होइन, सुन थियो । तीनवटा वोत्तलबाट साढे दुई किलो सुन बरामद भयो । माघ ११ मा कतार एयरको जहाजमा दुबईबाट आएका सरोज गुरुङको झोलामा बच्चालाई लगाउने डाइफर थियो । तर अनौठो, डाइफरमा खिपभित्र सुन भेटियो । दुबईबाटै आएका अर्का यात्रुको साथमा पाँच वटा मोबाइल थिए । सबै मोबाइल सामान्य देखिए पनि पुरानो शैलीको नोकियामा भने एक्सरेले गडबडी देखायो । खोलेर हेर्दा केही देखिएन । मोबाइलको ब्याट्री राख्ने ठाउँमा कार्बनभित्र २ सय ग्राम सुन राखेको पाइयो । यी केही प्रतिनिधि उदाहरण हुन् । सुन तस्करीमा नयाँ प्रयोग बढेको छ । विमानस्थलमा चाप नभएकाले हरेक यात्रुले ल्याएका सामानको सुक्ष्मरुपमा जाँच गर्दा सुन तस्करीको नयाँ प्रयोग खुलेको हो । मंसीरयता मात्र प्रहरीले पत्यारै नलाग्ने शैलीबाट ल्याइएको चार किलो सुन बरामद गरेको छ ।
News Desk 0 response मङ्लबार, माघ २०, २०७७

सम्बन्धित शीर्षकहरु
अमेरिकी राष्ट्रपति ट्रम्पले छ वर्षपछि सी जिनपिङसंग भेट गर्दै, व्यापार युद्ध वारपार हुने अपेक्षा
आइतवार, कार्तिक १०, २०८२-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
चिसोबाट जोगिन के गर्ने के नगर्ने ?
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२ -
ट्रम्पद्वारा ‘एच–वान बी’ भिसाको बचाउ, अमेरिकासँग पर्याप्त..
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



