

-
काठमाडौं । साझा सेवा (सहकारी संस्था) ले इन्धन ढुवानी सेवाका लागि पाँच थान ट्याङ्कर आजदेखि सञ्चालनमा ल्याएको छ । सरकारी तथा सामाजिक सङ्घसंस्था मात्र शेयरधनी सदस्य रहेको उक्त संस्थाले अहिलेसम्म भाडाका साधनमा इन्धन ढुवानी गर्दै आएको थियो । करीब रु दुई करोड ५० लाखका लागतमा खरीद गरिएको ट्याङकरले रक्सौलबाट काठमाडौँमा इन्धनको आपूर्ति गर्ने छ । काठमाडौँ उपत्यकामा चार र बनेपामा एक पेट्रोल पम्प सञ्चालन गरेको संस्थाले अनुदानित रासायनिक मल, ग्यास, सिमेण्टलगायत सामग्री सर्वसुलभ मूल्यमा पाँच दशकदेखि आपूर्ति गर्दै आएको छ ।
आज आयोजित ढुवानी सेवाको उद्घाटन कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले संस्थागत रुपमा प्रतिनिधित्व र राष्ट्रिय हितअनुरुपको सेवा दिन स्थापित संस्थाको आयआर्जनको मूल स्रोतका रुपमा आयल स्टोर रहेकाले संस्थाको क्षमता वृद्धिका साथै कारोवार बढोत्तरी गर्न निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सुझाव दिँदै मन्त्रालयले गर्ने काममा संस्थालाई हरसम्भव सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।
उनले नेपाल आयल निगम एक्लैले पेट्रोलियम पदार्थ कारोवार गर्न नसक्ने भएकाले साझा सेवाले पनि इन्धन आपूर्तिको बेलाबखत हुने असहज अवस्थामा सर्वसुलभ र विश्वसनीय सेवा पुर्याउँदै आएको र कोभिड –१९ को महामारीसँगै बन्दाबन्दी अवस्थामा पनि अत्यावश्यक सवारी साधनलाई नियमित रुपमा सेवा दिँंदै आएकामा सराहना गरे । आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थका क्षेत्रमा संस्थाले जनस्तरमा पुर्याएको योगदानको चर्चा गरे ।
संस्थाका सञ्चालक समितिका अध्यक्ष नेत्रबहादुर भण्डारी, व्यवसायी लिलेन्द्र प्रधानलगायतले साझा सेवा सबैको साझा रहेको बताउँदै सरकारीस्तरमा खुलेको भए पनि निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी अगाडि बढ्न शुभकामना दिए । साझा सेवाका कार्यकारी निर्देशक दिनेश पौडेलले निकट भविष्यमा विषादीरहित साझा तरकारी बजार, नियमित रुपमा खाद्य वस्तुका सुपथ मूल्यका पसल सेवा, विद्युतीय परिवहन चार्जिङ स्टेशन जस्ता सेवाको थालनी गरिने जानकारी दिए ।
News Desk 0 response शुक्रबार, माघ १६, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३ -
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन..
आइतवार, असार १४, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



