

-
बेइजिङ । चिनियाँ टेलिकम कम्पनी हुवावेले उत्पादन गरेको स्मार्टफोन ९मोबाइल० को बिक्री सन् २०२० को अन्तिम त्रैमासिकमा निकै धेरै घटेको पछिल्लो विवरणमा उल्लेख छ ।
अनुसन्धान संस्था क्यानालिसका अनुसार, हुवावेमाथि अमेरिकाले लगाएका प्रतिबन्धहरुका कारण हुवावेका स्मार्टफोनहरुको बिक्रीमा ठूलो असर परेको हो ।
गत वर्ष अक्टोबरदेखि डिसेम्बरमा चीनभित्र हुवावेका स्मार्टफोनको बिक्रीमा ४४ प्रतिशतले कमी आई १ करोड ८८ लाख थान बिक्री भएको क्यानालिसले जनाएको छ । औद्योगिक विश्लेषण गर्ने इन्टरनेसनल डेटा कर्प (आइडिसी) ले पनि गत साता सार्वजनिक गरेको विवरणमा चीनबाट अन्यत्र मुलुकमा पठाइएका मोबाइल सेटको संख्यामा ४३ प्रतिशतले कमी आई ३ करोड २० लाख रहेको जनाएको थियो ।
क्यानालिसका अनुसन्धाता निकोल पेङले देशभित्रै पनि हुवावे निकै कठिन समयबाट गुज्रिरहेको बताउनुभयो । अमेरिकी प्रतिबन्धहरुका कारण हुवावेले देशको आन्तरिक मागलाई पनि पूरा गर्न समस्या भइरहेको उनको भनाई छ ।
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावे राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको भन्दै अमेरिकी बजारमा हुवावेको प्रवेशलाई निषेध गर्नुका साथै अमेरिकी गठबन्धनका अन्य मुलुकलाई समेत यही नीति अबलम्बन गर्न दबाब दिएका थिए ।
हुवावेले मोबाइल डिभाइसका अतिरिक्त पाँचौं पुस्ताको तिब्र गतिको इन्टरनेट र दूरसंचार उपकरणहरु पनि उत्पादन गरिरहेको छ ।
हुवावेले चीनका लागि जासुसी गर्ने गरेको अमेरिकी दाबी असत्य रहेको हुवावेको भनाई छ । अमेरिकी सरकारले हुवावेले जासुसी गरेको आरोप पुष्टी गर्न नसकेको पनि हुवावेले बताएको छ ।
हुवावे गत वर्ष केही समय विश्वमै सबैभन्दा बढी फोन उत्पादक कम्पनी बनेको थियो । हाल विश्वमा सामसुङ, एप्पल मात्र होइन चिनियाँ कम्पनीहरु साओमी र ओप्पोभन्दा पछि हुवावे छ । एजेन्सी
News Desk 0 response शुक्रबार, माघ १६, २०७७

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३



