

-
काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब, वाग्मती प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब यहाँ जारी चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
समूह ‘ए’ बाट एपीएफ र आर्मी तथा समूह ‘बी’ बाट वाग्मती प्रदेश र पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेका हुन् । एपीएफ समूह ‘ए’ को विजेता र आर्मी समूह ‘बी’ को उपविजेता तथा वाग्मती समूह ‘बी’ को विजेता र पुलिसले समूह ‘ए’ को उपविजेता हुँदै सेमिफाइनलमा स्थान बनाएका हुन् । एपीएफ क्लब र पुलिस क्लबबीच माघ १४ गते पहिलो सेमिफाइनल तथा आर्मी र वाग्मती प्रदेशबीच माघ १५ गते दोस्रो सेमिफाइनल खेल हुनेछ ।
यसैबीच समूह चरणका अन्तिम दुई खेल आज सम्पन्न भएका छन् । एपीएफले आर्मी क्लबलाई ६ रनले तथा पुलिस क्लबले प्रदेश नं २ लाई आज भएको खेलमा चार विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबले टस जितेर फिल्डिङ रोजेको थियो । एपीएफले ४९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै २४० रन बनायो । २४१ रनको विजय लक्ष्य आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २३४ रन मात्र बनाउन सक्यो ।
यसैगरी मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा टस हारेर ब्याटिङ गरेको प्रदेश नं २ ले ४७ ओभरमा ९ विकेट गुमाउँदै १६९ रन बनायो । जितका लागि १७० रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ३८ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
News Desk 0 response सोमवार, माघ १२, २०७७

सम्बन्धित शीर्षकहरु
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर..
आइतवार, जेष्ठ २४, २०८३



