

-
काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब, वाग्मती प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब यहाँ जारी चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
समूह ‘ए’ बाट एपीएफ र आर्मी तथा समूह ‘बी’ बाट वाग्मती प्रदेश र पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेका हुन् । एपीएफ समूह ‘ए’ को विजेता र आर्मी समूह ‘बी’ को उपविजेता तथा वाग्मती समूह ‘बी’ को विजेता र पुलिसले समूह ‘ए’ को उपविजेता हुँदै सेमिफाइनलमा स्थान बनाएका हुन् । एपीएफ क्लब र पुलिस क्लबबीच माघ १४ गते पहिलो सेमिफाइनल तथा आर्मी र वाग्मती प्रदेशबीच माघ १५ गते दोस्रो सेमिफाइनल खेल हुनेछ ।
यसैबीच समूह चरणका अन्तिम दुई खेल आज सम्पन्न भएका छन् । एपीएफले आर्मी क्लबलाई ६ रनले तथा पुलिस क्लबले प्रदेश नं २ लाई आज भएको खेलमा चार विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबले टस जितेर फिल्डिङ रोजेको थियो । एपीएफले ४९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै २४० रन बनायो । २४१ रनको विजय लक्ष्य आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २३४ रन मात्र बनाउन सक्यो ।
यसैगरी मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा टस हारेर ब्याटिङ गरेको प्रदेश नं २ ले ४७ ओभरमा ९ विकेट गुमाउँदै १६९ रन बनायो । जितका लागि १७० रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ३८ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
News Desk 0 response सोमवार, माघ १२, २०७७

सम्बन्धित शीर्षकहरु
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
चिसोबाट जोगिन के गर्ने के नगर्ने ?
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२ -
ट्रम्पद्वारा ‘एच–वान बी’ भिसाको बचाउ, अमेरिकासँग पर्याप्त..
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



