

-
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार उकालो लाग्दा बजार पूँजीकरणमा पनि उल्लेख्य सुधार भएको छ । यस साता नेप्से दुई हजार ३७४.६४ मा पुगेको छ । यो हालसम्मकै उच्च अङ्क हो । नेप्से लगाताार उकालो लागेका कारण बजार पूँजीकरण पनि झण्डै रु ३२ खर्बको हाराहारीमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जको विवरणअनुसार कूल बजार पूँजीकरण रु ३१ खर्ब ८९ अर्ब ९५ करोड ७३ लाख ५० हजार बराबर पुगेको छ । यो झण्डै मुलुकको कूल ग्राहस्थ उत्पादनको हाराहारी हो । हाल नेपालको कूल ग्राहस्थ उत्पादन रु ३७ खर्ब ६७ अर्र्ब बराबर रहेको छ ।
नेप्सेको विवरणअनुसार यस साता बजार पूँजीकरणका आधारमा विभिन्न १० कम्पनी शीर्षस्थानमा रहेको छ । त्यसमा पहिलो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ । दुई बीमा कम्पनी, छ ‘क’ वर्गका वाणिज्य बैंक र एक उत्पादनमूलक समूहको कम्पनीले शीर्ष १० स्थान ओगटेका छन् ।
बिहीबारको कारोवारअनुसार नेपाल दूरसञ्चार कम्पनीको प्रतिकित्ता शेयर मूल्य रु एक हजार ३४० रहेको छ । नेप्सेमा सो कम्पनीको कूल एक करोड ५० लाख कित्ता शेयर सूचीकरण भएको छ । सो कम्पनीको कूल बजार पूँजीकरण रु दुई खर्ब एक अर्ब बराबर पुगेको छ ।
यस्तै दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीको नेप्सेमा कूल पाँच करोड ४९ लाख ६१ हजार ६०८ कित्ता शेयर सूचीकृत छ । कम्पनीको कूल बजार पूँजीकरण रु एक खर्ब ५९ अर्ब ८२ करोड ८३ लाख ५६ हजार रहेको छ ।
तेस्रो नम्बरमा नेपाल पुनरबीमा कम्पनी रहेको छ । नेपालको शेयर बजारलाई विस्तारित गर्न सहयोग पु¥याएको त्यस कम्पनीको दोस्रो बजारमा कूल १० करोड कित्ता शेयर सूचीकृत छ । बिहीबारको कारोवारका आधारमा सो कम्पनीको शेयर प्रतिकित्ता रु एक हजार ५१५ मा खरिद बिक्री भए । सो कम्पनीको कूल बजार पूँजीकरण रु एक खर्ब ५१ अर्ब ५० करोड बराबर रहेको छ ।
चौथो नम्बरमा वाणिज्य बैंकका तर्फबाट नबिल बैंक छ । प्रतिकित्ता रु एक हजार १०९ पुगेको त्यस बैंकको दोस्रो बजारमा कूल १३ करोड ४८ लाख एक हजार ५८४ कित्ता शेयर सूचीकृत छ । बैंकको कूल बजार पूँजीकरण रु एक खर्ब ४९ अर्ब ४९ करोड ४९ लाख ५६ हजार ६५६ रहेको छ ।
बजार पूँजीकरणका आधारमा पाँचौँ नम्बरमा छ, नागरिक लगानी कोष । प्रतिकित्ता रु तीन हजार ४४६ पुगेको कोषको दोस्रो बजारमा दुई करोड ९९ लाख ९९ हजार ३१० कित्ता शेयर सूचीकृत छ । कोषको कूल बजार पूँजीकरण रु एक खर्ब तीन अर्ब ३७ करोड ७६ लाख २२ हजार २६० रहेको छ ।
नेप्सेका अनुसार छैटौँ नम्बरमा छ, एनआइसी एशिया बैंक । बिहीबारको कारोवारका आधारमा सो बैंकको शेयर प्रतिकित्ता रु ८८७ पुगेको छ । दोस्रो बजारमा कूूल ११ करोड ५६ लाख ४० हजार ५६ कित्ता शेयर सूचीकृत भएको त्यस बैंकको कूल बजार पूँजीकरण रु एक खर्ब दुई अर्ब ५७ करोड २७ लाख २९ हजार ६७२ पुगेको छ ।
सातौँ नम्बरमा छ, नेपाल इन्भेस्टमेन्ट बैंक । वाणिज्य बैंक समूहको त्यस बैंक पनि लामो समयदेखि शीर्षस्थानमा रहँदै आएको छ । कूल १६ करोड १० लाख १३ हजार १८४ कित्ता शेयर सूचीकरण भएको सो बैंकको कूल बजार पूँजीकरण रु ७६ अर्ब ९६ करोड ४३ लाख एक हजार ९५२ रहेको छ । बजार पूँजीकरणका आधारमा ग्लोबल आइएमई बैंक आठौँ नम्बरमा छ । सो बैंकको कूल बजार पूँजीकरण रु ७१ अर्ब ८१ करोड ९९ लाख सात हजार ९६८ रहेको छ ।
यस्तै नवौँ नम्बरमा छ, एभरेष्ट बैंक । सो बैंकको रु ७१ अर्ब ५९ करोड ४४ लाख २० हजार २४० बराबरको बजार पूँजीकरण छ । नेप्सेका अनुसार १०औँ नम्बरमा छ, उत्पादनमूलक कम्पनीका तर्फबाट शिवम् सिमेन्ट । सो कम्पनीको कूल बजार पूँजीकरण रु ७१ अर्ब ५४ करोड ४० लाख बराबर रहेको छ । रासस
News Desk 0 response शनिबार, माघ १०, २०७७

सम्बन्धित शीर्षकहरु
-
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३ -
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति
सोमवार, बैशाख २१, २०८३ -
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३
-
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३ -
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति
सोमवार, बैशाख २१, २०८३ -
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३



