

-
काठमाडौं । धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । लगातार उकालो लाग्दै आएको बजार दोहोरो अंकले उकालो लागेर नयाँ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३१.८७ बिन्दुले उकालो लागेर दुई हजार ३७४.६४ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार माापन गर्ने सेन्सेटिभ परिसूचक २.५९ ले उकालो लागेर ४४५.५९ मा पुगेको छ । नेप्से उकालो लाग्दा कारोबार रकममा समेत आज राम्रै प्रभाव देखिएको छ । कूल २०९ कम्पनीका एक करोड ८१ लाख पाँच हजार ६७१ कित्ता शेयर रु सात अर्ब ७९ करोड ८५ लाख २८ हजार ४३३ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारसँगै बजार पूँजीकरण झण्डै रु ३२ खर्बको हाराहारीमा पुगेको छ । नेप्सेमा भएको सुधारसँगै रु ३१ खर्ब ८९ अर्ब ९५ करोड ७३ लाख ५० हजार बराबरको बजार पूँजीकरण भएको छ ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३.८३ र सामूहिक लगानी कोष ०.०५ ले ओरालो लागेको छ । निर्जीवन बीमा, जीवन बीमा र लघुवित्त उपसमूहमा बहार आउँदा बजारले नयाँ लय समातेको छ । यस्तै व्यापार २.४७, होटल १३.६२, विकास बैंक ३१.३८, जलविद्युत् ६८.२९, वित्त ३१.९८, निर्जीवन बीमा ५४०.२३, उत्पादन २६.१३, अन्य १७.४८, लघुवित्त १५४.१६ र जीवन बीमा ४४३.४३ ले उकालो लागे ।
कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्सक कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५३ करोड ३३ लाख १२ हजार ४२१ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै नेको इन्स्योरेन्स रु २६ करोड ६४ लाख ४८ हजार २१३, नेपाल पुनरबीमा कम्पनी रु २२ करोड ९९ लाख ४७ हजार २२१, शिखर इन्स्योरेन्स रु २२ करोड ८२ लाख ६१ हजार ७७२, नेशनल लाइफ इन्स्योरेन्स रु २१ करोड ४४ लाख ५६ हजार १६७, प्रभु बैंक रु २१ करोड ४३ लाख ५० हजार ९४३, नेपाल दूरसञ्चार कम्पनी रु २१ करोड तीन लाख ६४ हजार ६४८, एनआइसी एशिया बैंक रु १६ करोड १६ लाख ३५ हजार ८४४ र अरुण काबेली पावर कम्पनी रु १३ करोड ६८ लाख बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा सर्पोट माइक्रोफाइनान्स १०, स्वाभिमान लघुवित्त ९.९८, सिद्धार्थ इन्स्योरेन्स ९.९७, महिला सहयात्रा माइक्रोफाइनान्स ९.९६, गरिमा विकास लघुवित्त ९.९६, आशा लघुवित्त ९.९६, गुराँस लघुवित्त ९.९४, सूर्योदय लघुवित्त ९.९४ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले ९.९४ प्रतिशतले कमाए ।
यसैगरी नारायणी डेभलपमेन्ट बैंक ६.७०, नेपाल हाइड्रो ४.२५, बरुण हाइड्रोपावर ३.३३, बैंक अफ काठमाण्डू २.१३, सनराइज म्युचुअल फण्ड १.९६, मन्जुश्री फाइनान्स १.६५, नबिल इक्विटी फण्ड १.६३ र सनराइज बैंकको ऋणपत्रका लगानीकर्ताले १.६३ प्रतिशतले गुमाए । रासस
News Desk 0 response बिहिबार, माघ ८, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३



