

-
काठमाडौं । पछिल्ला दिनमा साधारण शेयरमा लगानी गर्नेको सङ्ख्या उल्लेख्यरूपमा बढेको पाइएको छ । वास्तविक क्षेत्रको रूपमा रहेको चन्द्रागिरि हिल्स लिमिटेडले जारी गरेको साधारण शेयरमा मात्रै मागभन्दा बढी आवेदन गर्नुका साथै आवेदनले पनि नयाँ रेकर्ड कायम राखेको बिक्री प्रबन्धकले जनाएको छ ।
अहिलेसम्मकै सबैभन्दा बढी आवेदन चन्द्रागिरि हिल्सको शेयरमा परेको छ । सो कम्पनीको साधारण शेयरमा १२ लाख ५१ हजार १० आवेदकले आवेदन गरेका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार साधारण शेयरमा कूल दुई करोड ४४ लाख ७४ हजार ५३० कित्ताको लागि आवेदन परेको छ ।
यस्तै कूल रु दुई अर्ब ४४ करोड ७४ लाख ५३ हजार बराबरको आवेदन परेको छ । कम्पनीले रु १५ करोड ३४ लाख ९ हजार १०० बराबरको कूल १५ लाख ३४ हजार ९१ कित्ता साधारण शेयर बिक्री गरेको थियो । पछिल्ला दिनमा लगातार शेयर बजार उकालो लागेर नयाँ उचाइ कायम गरेका कारण पनि लगानीकर्तामा आकर्षण देखिएको हो ।
साधारण शेयरमा लगानी गर्ने चाहना बढ्दै गएका कारण कूल १४ लाख ८० हजार ३५ जनाले मेरो शेयरको खाता खोलेका छन् । यस्तै २४ लाख २८ हजार ३३४ जनाले हितग्राही खाता खोलेका छन् । शेयर कारोवार तथा आवेदन सबै विद्युतीय प्रणालीबाट हुन थालेका कारण हितग्राही खाता बनाउनेको सङ्ख्यामा समेत उल्लेख्य वृद्धि भएको छ ।
News Desk 0 response मङ्लबार, पुस २८, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३



