

-
काठमाडौं । हरेक दिन नयाँ–नयाँ रेकर्ड राख्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ ।
नेप्सेको वृद्धिसँगै नेपालको शेयर बजारको इतिहासमा आज हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै बजार पूँजीकरण पनि रु साढे ३० खर्बको हाराहारीमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २८.३१ बिन्दुले उकालो लागेर दुई हजार २६७.७३ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८९ ले वृद्धि भई ४३३.२८ मा पुगेको छ । कूल २०२ कम्पनीको एक करोड ३५ लाख ३१ हजार २२७ कित्ता शेयर रु चार अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेमा देखिएको दोहोरो अङ्कको वृद्धि पछि आज कूल बजार पूँजीकरण रु ३० खर्ब ५४ अर्ब ५३ करोड ८८ लाख ३० हजार पुगेको छ । मुलुकको कूल ग्राहस्थ उत्पादन र बजार पूँजीकरणको आकार करिब–करिब उस्तै हुने क्रममा पुगेको छ ।
कारोवार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । व्यापार १५.४ ले ओरालो लाग्दा बैंकिङ १४.५४, होटल ९.९३, विकास बैंक १९.४, जलविद्युत् ६०.९१, वित्त २३.१४, निर्जीवन बीमा २७३.२७, उत्पादन ६.८९, अन्य ६.४८, लघुवित्त ५३.१९, जीवन बीमा ३७६ र सामूहिक लगानी कोष ०.१ विन्दुले उकालो लागेको छ । कारोवारका आधारमा आज प्रिमियर इन्स्योरेन्स शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु २९ करोड छ लाख ३४ हजार ४७० बराबरको कारोबार भई शीर्षस्थानमा रहे ।
यस्तै, प्रभु बैंक रु १६ करोड आठ लाख ६५ हजार ६६७, माथिल्लो तामाकोशी रु १५ करोड ७१ लाख १३ हजार ८८२, नेपाल लाइफ इन्स्योरेन्स रु १५ करोड ५५ लाख ८१ हजार २३३, नेशनल लाइफ इन्स्योरेन्स रु १४ करोड ९७ लाख २२ हजार ५३१, सिभिल बैंक रु १४ करोड एक लाख ३० हहजार ८४१, नेपाल पुनर्बीमा कम्पनी रु १३ करोड २२ लाख ७६ हजार , एनआइसी एशिया बैंक रु १२ करोड ३८ लाख ३३ हजार ४२०, नेपाल दूरसञ्चार कम्पनी रु १२ करोड २२ लाख ८० हजार ५३० र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले रु १० करोड तीन लाख ३४ हजार १४९ बराबरको कारोवार गर्दै शीर्षस्थानमा रहे ।
कारोवार भएका कम्पनीहरुमध्ये १२९ कम्पनीको शेयर उकालो लागेको छ । यस्तै ३२ कम्पनीको शेयर ओरालो लाग्दा १५ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन । कारोवारका आधारमा आइएमई जनरल इन्स्योरेन्स १०, आरम्भ चौतारी लघुवित्त ९.९८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.९३, युनाइटेड फाइनान्स ९.९०, माथिल्लो तामाकोशी ९.८९, प्रभु लाइफ इन्स्योरेन्स ९.७८, समृद्धि फाइनान्स ९.७०, गुर्खाज फाइनान्स ९.०५, नारायणी डेभलपमेन्ट बैंकका शेयरधनीले ८.५१ प्रतिशतले गुमाए । यसैगरी नेपाल हाइड्रो ३.७८, प्रिमियर इन्स्योरेन्स २.२९, सिभिल लघुवित्त २.२२, एनएमबी पचास १.८६, तारागाँउ रिजेन्सी होटल १.६३, युनिलिभर नेपाल १.४२, नेपाल फाइनान्स १.२१ र आरएमडिसी लघुवित्तका लगानीकर्ताले १.२० प्रतिशतले गुमाए । रासस
News Desk 0 response मङ्लबार, पुस २८, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३



