-
गोरखा । पृथ्वीजयन्तीका अवसरमा आज भएको खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राम्जी बस्नेतले हात पारेका छन् । गोरखा नगरपालिकाको आयोजना र गोरखा युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपाली सेनाको रणसिंह दल गणमा कार्यरत बस्नेतले निर्धारित दूरी २३ मिनेट २५ सेकेन्डमा पूरा गर्दै पहिलो हुन सफल भएका हुन् ।
प्रतियोगितामा नेपाली सेनाका सुनिल थापाले २५ मिनेट २५ सेकेण्डमा पूरा गर्दैै दोस्रो भए । प्रतियोगितामा पूर्णबहादुर गुरुङले २५ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै तेस्रो स्थान हात पार्न सफल भए भने नेपाली सेनाका सुरज योगीले २५ मिनेट ५५ सेकेण्डमा दूरी पार गर्दै चौथो र सुमन मगरले २६ मिनेटमा पार गर्दै पाँचौं स्थान हात पार्न सफल भएको गोरखा युथक्लबका अध्यक्ष सुमन गुरुङले जानकारी दिए ।
तत्कालीन राजा द्रव्य शाहले राज्याभिषेक गरेको ऐतिहासिक पश्लाङचौताराबाट शुरु भएको दौड प्रतियोगिता सतिपिपल हुँदै पाटेचौर, गोरखा अस्पताल, लोकतान्त्रिक चोक, पुरानो बसपार्क, नयाँ बजार, बिपी चोकबाट पदेलीबाट ठूलो आँगनसम्म दूरी कायम गरिएको थियो ।
प्रतियोगिताअन्तर्गत भएको महिला खुला दौड भने गोरखा नगरपालिका सिमलगैरीकी पवित्रा बयलकोटीले जितेकी छन् । उनले ३२ मिनेट आठ सेकेण्डमा पूरा गर्दै प्रथम भएकी हुन् । महिलातर्फको खुला दौड प्रतियोगितमा नेपाली सेनाकी सिर्जना पौडेलले ३२ मिनेट १९ सेकेण्डमा पूरा गर्दै दोस्रो, रिना श्रेष्ठले ३३ मिनेट ४० सेकेण्डमा दूरी पार गर्दै तेस्रो तथा सङ्गीता रानाभाटले ३४ मिनेट ४६ सेकेन्डमा दूरी पार गर्दै चौंथो स्थान हात पार्न सफल भएको उनले बताए । रासस
News Desk 0 response सोमवार, पुस २७, २०७७

Deprecated: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/janaprashasan/public_html/wp-includes/functions.php on line 5143सम्बन्धित शीर्षकहरु
-
दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोनाको खोप निःशुल्क
बुधबार, माघ ७, २०७७ -
६० देशमा पुग्यो नयाँ स्वरुपको कोरोना भाइरस
बुधबार, माघ ७, २०७७ -
सैनिक सेवामा १६ वर्षमा पेन्सन, २० वर्षमा..
बुधबार, माघ ७, २०७७ -
मध्यभोटेकोशी आयोजना कर्मचारीकै मारमा
मङ्लबार, माघ ६, २०७७ -
‘फुटबलमा जनशक्ति उत्पादन प्रमुख समस्या’
मङ्लबार, माघ ६, २०७७
-
दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोनाको खोप निःशुल्क
बुधबार, माघ ७, २०७७ -
६० देशमा पुग्यो नयाँ स्वरुपको कोरोना भाइरस
बुधबार, माघ ७, २०७७ -
सैनिक सेवामा १६ वर्षमा पेन्सन, २० वर्षमा..
बुधबार, माघ ७, २०७७ -
मध्यभोटेकोशी आयोजना कर्मचारीकै मारमा
मङ्लबार, माघ ६, २०७७ -
कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले..
मङ्लबार, माघ ६, २०७७
-
ढिलासुस्ती गर्ने घुस माग्ने !
बुधबार, पुस २९, २०७७ -
राजनीतिले छोपेको हुन्छ भ्रष्ट रंग
बुधबार, पुस २९, २०७७ -
मध्यभोटेकोशी आयोजना कर्मचारीकै मारमा
मङ्लबार, माघ ६, २०७७ -
‘जनप्रतिनिधि र कर्मचारीबीच समस्या देखिएका छन्’
बुधबार, पुस २९, २०७७ -
दक्षिण र उत्तरी सीमामा भाषा जानेको जनशक्ति..
बुधबार, पुस २९, २०७७